अष्ट्रेलिया र चिनमा तनाव बढ्दा, बाह्रा हजार अमेरीकी सेना तयार

कोरोना भाइरसको महामारी चिनबाट आएको भन्दै केही हप्तामा संयुक्त राज्य अमेरीका र अष्ट्रेलिया सँग चीनको सम्बन्ध बिग्रिदै गएको छ । यसैबीच, अमेरिकाले अष्ट्रेलियामा समुद्री सेना परिचालन गर्ने निर्णय गरेको छ, । चीनसंग बढ्दो तनावको बीचमा अमेरिका अष्ट्रेलियामा सैनिक पठाएको छ । डेली मेल रिपोर्ट अनुसार अस्ट्रेलियाको डार्विनमा करीव १२०० सैनिक खटाइएको छ । केही हप्ता अघि अष्ट्रेलियाले कोरोना भाइरस चाइना बाट आएको भन्दै चीनबाट अनुसन्धानको माग गर्दै आएको छ । चीनले यसको कडा विरोध व्यक्त गरेको गर्दै अष्ट्रेलियाबाट आयात गरिएका सामानहरूमा भारी कर शुल्क बढाएको छ ।

चीन संग बढ्दो तनावको बीचमा अमेरिकाले अष्ट्रेलियामा सैनिकहरू परिचालन गरिरहेको छ । रिपोर्टका अनुसार अमेरिकाले आउँदो हप्ताहरूमा अष्ट्रेलियामा आफ्नो १२०० सैनिक खटाउने छ । मार्चको शुरूमा, कोरोना महामारीको खतराका कारण यस वर्ष अस्ट्रेलियामा मरीन रोटेशनल फोर्स तैनाथ नगर्ने निर्णय गरेको थियो । अमेरिकी रक्षामन्त्री मार्क इस्परले त्यसपछि देश बाहिर अमेरिकी सैनिकहरूको आवागमनमा प्रतिबन्ध लगाएको थियो तर अब १२००० सेना अष्ट्रेलियामा पठाउन लागेको छ ।



