१५ जेष्ठ २०८१, मंगलवार

हराएकी किशोरी गोरखपुरमा फेला, पीआरसीले गरायो परिवारसँग पुनर्मिलन

एसीपी संवाददाता

२४ फाल्गुन २०७६, शनिबार १३:१० मा प्रकाशित

चन्द्रौटा(कपिलवस्तु), २४ फागुन ।
दुई साताअघि घरबाट निस्किएकी एक किशोरी भारतको गोरखपुरमा फेला परिन् । गोरखपुरमा अलपत्र परेकी किशोरीलाई भारतीय प्रहरीले सम्पर्कमा लिई बालकल्याण गृहको जिम्मा लगाएको थियो । भारतस्थित नेपाली दुताबासको सहयोगमा कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले किशोरीलाई नेपाल फर्काउन सफल भएको हो ।
शुक्रबार नेपाल फर्काइएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारसँग पुनर्मिलन गराएको पीआरसी क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षीय नाम परिवर्तन (अनिता) लाई बुवाको जिम्मा लगाएको भट्टराईले बताए । दुई सातापछि छोरी भेटिएसँगै परिवारमा खुशी छाएको छ ।
गत फागुन ९ गते शिवरात्रिका दिन मेला भर्न घरबाट हिँडेकी किशोरी सम्पर्क विहीन भएकी दिइन् । छोरी हराएपछि परिवारले प्रहरीसमक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्व्य गरी किशोरीलाई गोरखपुरमा फेला पार्न सफल भएको पीआरी क्षेत्रीय संयोजक भट्टराईले बताए ।
किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x