३१ जेष्ठ २०८१, बिहीबार

कोरोना रोकथाममा जिम्मेवार बनौ

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार ०६:३२ मा प्रकाशित


कोरोना भएको व्यक्तिसँग सम्पर्क भएको कम्तीमा ५ दिनपछि मात्र PCR टेस्ट गर्नु पर्दछ अन्यथा false negative नतिजा आउने उच्च सम्भावना रहन्छ । हाम्रो जस्तो PCR किटको अभाब भएको देशका धेरै निकायमा यो नियम पालना नगर्दा महँगो पर्ने PCR टेस्ट किट खेर गएको छ ।
२. प्राय धेरै स्वास्थ्य निकायहरुमा कोभिडमा काम गर्ने मेडिकल staffs को duty roster तयार नगर्दा कोरोना positive आएपछि सिंगो वार्ड या अस्पताल नै seal गर्नु पर्ने अवस्था आएको छ । अत: महिनाको दुई shift मा अलग अलग काम गर्ने जनशक्ति तयार गर्दा एउटा shift को स्टाफहरु संक्रमणमा परे नि अर्को shift को जनशक्तिले back up दिन सक्छन ।

कतारको जनस्वास्थ्य मन्त्रालयले सामाजिक दुरीको अभावको कारण अहिले आफ्नो देशमा तिब्र रुपमा कोरोनाको संक्रमण फैलिएको बताएको छ । टेस्ट र contact tracing भन्दा अचुक उपाय सामाजिक दुरी (कम्तिमा २ मि) कायम गर्नु हो । कतार विश्वकै सम्पन्न मुलुक हो साथै कतारसँग प्रयाप्त मात्रामा testing capacity भए नि सामाजिक दुरी पालना नगर्दा कतारमा अहिले तिब्र रुपमा संक्रमण फैलिएको छ ।

स्वास्थ्य विज्ञहरूको राय/सुझाव लिंदा उहाँहरुको योग्यता, सम्बन्धित परिषद्मा दर्ता भए/नभएको र हाल कुन जिम्मेवारीमा काम गर्नु हुन्छ सोको समेत सूचना लिई उहाँहरुको विज्ञ राय/सुझाव लिनु भएमा आमनागरिकमा स्वास्थ्यकर्मी प्रति थप विश्वास र सम्मानको वृद्धि हुनेछ ।
उत्तरदायी बनौ_कोरोना_रोकथाममा_एकजुट_हौ । स्वास्थ्य कार्यालय बाँके कोरोना महामारी फोकल पर्सन नरेश श्रेष्ठ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x