७ कार्तिक २०८१, बुधबार

चीनले सगरमाथा क्षेत्रमा गतिविधि बढायो सगरमाथा क्षेत्रको मापन गर्न चिनियाँ विशेषज्ञ, प्राविधिकको टेन्टमै बास

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार ०७:४२ मा प्रकाशित

एजेन्सी, १० जेठ । चीनले सगरमाथा क्षेत्रमा गतिविधि बढाएको छ । सगरमाथा क्षेत्रको मापन गर्न भनेर चिनियाँ विशेषज्ञ र प्राविधिकहरू टेन्ट हालेर त्यही क्षेत्रमा बसिरहेकाे बताइएकाे छ ।

तत्काल पाँच हजार २०० मिटर माथिका क्षेत्रहरु मापन गर्न सुरू गरेकाे बताइएकाे छ । यस क्रममा अस्थायी रूपमा टेन्ट हालेर शिविर नै बसालेका उनीहरूले अाधुनिक प्रविधि र सुविधालाई आत्मसात गर्दै रमाइरहेका छन् । अाधुनिक टेन्टभित्रै सञ्चार प्रविधिदेखि, जिम, गेम, मसाज, रेस्टुराँ लगायत सुविधा र मनाेरन्जनात्मक सेवा राखेकाे चिनिया सञ्चारमाध्यहरूले बताएका छन् ।

केही हप्ताअघि देखि नै चीनले सरगरमाथाकाे उत्तरी माेहडातर्फ करिब ७ हजार मिटरकाे उचाइमा आफ्नो फाइभ जीको सञ्चार प्रविधिकाे आधार स्टेशन निर्माण थालेका छन् भने सगरमाथाको मापन कार्य समेत भइरहेको बताइएको छ । गत अप्रिल ३० देखि नै चीन तर्फकाे क्षेत्रमा मापन सुरू भइसकेको छ । साे क्रममा केही चिनियाँ मिडियाले सगरमाथा चीनमा पर्ने समेत लेखेपछि त्यसकाे चर्चा नेपालमा पनि भएकाे थियाे । श्रोत एजेन्सीहरु बाट न्यूज २४ ले यो समाचार र तस्बिर जेठ १० गते प्रकाशित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x