१५ जेष्ठ २०८१, मंगलवार

अवधी लोककला प्रर्दशनी नेपाल कला परिषद्मामा शनिबारदेखि सुरु

एसीपी संवाददाता

२५ फाल्गुन २०७६, आईतवार ०५:१५ मा प्रकाशित

फागुन २५ गते । नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मुख्यगरी अवधी भाषा र संस्कृतिको प्रभाव पाइन्छ । सो क्षेत्रमा अवधी भाषीले आफ्ना संस्कृति र पम्पराका रुपमा बनाउँदै आएका चित्रकलालाई अवधी कलाका रुपमा लिइन्छ ।
अवधी लोककलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सिभाता लभ फाउण्डेशनले कपिलवस्तुको तौलीहवामा अघिल्लो महिना कला कार्यशाला आयोजना गरेको थियो । सोही कार्यशालामा तयार पारिएका अवधी लोककला प्रर्दशनी नेपाल कला परिषद्मामा शनिबारदेखि सुरु भएको छ । नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव अभिषेक देब्यले प्रदर्शनीको शुभारम्भ गर्नुभएको हो ।
सिभाता लभ फाउण्डेशन र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनद्वारा संयुक्त रुपमा आयोजित अवधी आर्ट प्रमोशन (कार्यशाला तथा प्रदर्शनी २०२०) को प्रदर्शनीमा रागिनी उपाध्याय, डा.कुमुद सिंह, रामदयाल ठाकुर, एरिना ताम्रकार, सीतादेवी कर्ण, रामपुजन ठाकुर, मन गोल्डी, शैलेस गुरुङ, हिरा कर्ण, अंशु कन्दु, श्याम सुन्दर अग्रहरी, सुभम शुक्ल, स्वेता कन्दु र रामवती चौधरीका चित्रकला राखिएका छन् ।
अवधी लोक चित्रकलाका अध्ययेता विक्रम मणि त्रिपाठीका अनुसार, अवधी लोकचित्रकलालाई भित्ति चित्र, भूमि चित्र, ठप्पा चित्र, पात्रचित्रण, गोदना र मेहदीमा वर्गीकरण गर्न सकिन्छ । सभार गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x