१२ जेष्ठ २०८३, मंगलवार
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई नेपालमा भित्रन नदिन नेपाल विद्यार्थी संघ जनचेतना
पछिल्लो समय विश्वभर फैलिरहेको कोरोना भाइरसलाई नेपालमा भित्रन नदिन नेपाल विद्यार्थी संघ झापाले जनचेतना मुलक कार्यक्रम संगै आइतबार सार्वजनिक सवारीका चालक तथा सहचालक सहित बाटोमा रहेका वृद्धवृद्धालाई ५०० थान भन्दा बढि माक्स वितरण गरेको छ । पछिल्लो समय नेपालसंगै विश्वभरीनै कोरोनाको आतंक फैलिरहेको तथा माक्सको चरम अभाव भएको बेला नेविसंघले गरेको यो सामाजिक कार्यको सबैले प्रशंसा गरेका छन् । कार्यक्रममा नेवि संघ केन्द्रीय उपसभापति तुलसा पन्त, नेविसंघ झापा सभापति राजेन्द्र उप्रेती, नेविसंघ झापा जिल्ला समिति तथा गाउँनगर समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । आज बिर्तामोडको मुक्तिचोकमा आयोजना गरिएको यस्तै कार्यक्रम भोली बुद्धशान्तिको बुधबारे तल्लो चोकमा समेत गरिने नेवि सघ झापा जिल्ला संचार विभाग प्रमुख गोकुल पौडेलले बताएका छन् ।
Subscribe
Login
0 Comments



