१४ मंसिर २०८०, बिहीबार

महिला अधिकार तथा कार्यान्वयनको अवस्था विषयक बिचार गोष्ठी

एसीपी संवाददाता

२५ फाल्गुन २०७६, आईतवार १६:३४ मा प्रकाशित

नेपालमा महिला अधिकार तथा कार्यान्वयनको अवस्था विषयक बिचार गोष्ठी सम्पन्न
२५ फाल्गुन, बाँके ।मानव अधिकार तथा शान्ति समाज बाँके जिल्ला शाखाको आयोजनामा नेपालमा महिला अधिकार तथा कार्यान्वयनको अवस्था विषयक बिचार गोष्ठी गरिएको छ ।
विभेद, असमानता र महिला हिंसा अन्त्य गरौं, समानताको पुस्ता निर्माण गरौं भन्ने मुलनाराका साथ ११०औं अन्तर्राष्ट्रिय नारी दिवसमा सन्दर्भमा आइतबार नेपालगन्जमा समाज प्रती महिलाहरुको धारणा र आफुले भोगेको कठनाइ बारे बिचार गोष्ठी कार्यक्रम गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समाजसेवी( भु. यु. प्र. य) किरण आचार्यले महिलाको हितमा महिलाको अधिकार र नेपालमा महिला सम्बन्धि सम्पुर्ण अधिकारहरु कार्यान्वयन विषयमा केन्द्रित रहि चर्चा गर्नु भएको थियो । कार्यक्रममा अभिवक्ता पवन गुप्ता, रमारानी बैश्य, रमेश चन्द्र कुमहाल लगायतले महिला अधिकार विषयक आफ्ना मन्तव्य राख्नु भएको हो । कार्यक्रममा सो संस्थाको अध्यक्ष कृष्णादेवी पाण्डेको अध्यक्षतामा प्रमुख अतिथी समाजसेवी( भु. यु. प्र. य) किरण आचार्य, बिशिस्ट अतिथि इन्द्र शाही , रमारानी बैश्य, अन्य समाजसेवी महिला, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x