बागेश्वरी टेलिभिजनको बाँकेका क्वारेन्टाईन र आईशोलेसनहरुमा स्यानिटाईजर,मास्क बितरण अभियान जारी

बागेश्वरी टेलिभिजनले बाँके जिल्लामा रहेका क्वारेन्टाईन र आईशोलेसनहरुमा स्यानिटाईजर र मास्क बितरण गर्ने कार्यलाई बुधवार पनि निरन्तरता दिएको छ । मंगलबार खजुरा गाउपालिकाका बिभिन्न स्थानमा रहेका क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्री बितरण गरेको टेलिभिजनले बुधवारपनि जानकी गाऊँपालिकामा रहेका क्वारेन्टाईनहरुमा सामाग्री वितरण गरेको हो । बितरण गरिएका सामाग्रीमा स्यानिटाईजर र मास्क रहेका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका अधिकाशं क्वारेन्टाईनमा मास्क र स्यानटाईजर पु¥याउन सके मात्रै पनि कोभिड नियन्त्रणमा सहयोग हुने भएकोले सो सामाग्रीहरु बितरण गरिएको हो । बागेश्वरी टेलिभिजनले सामाजिक उत्तरदायीत्व समेत वहन गर्दै क्वारेन्टाईनमा स्वास्थ्य सामाग्रि सहयोग गरिएको बताईएको छ । बाँके जिल्ला भरी समाचार संकलनका क्रममा क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्रीको अभाव देखेपछी सहयोग गर्ने सोंच बनाएको टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले बताउनुभयो ।

वितरण टोलीमा टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाह, प्रबन्ध निर्देशक बसन्त शर्मा, समाचार प्रमुख नरेन्द्र थापा, कार्यक्रम संयोजक ओबीराज आचार्य रहेका थिए । बुधवार जानकी गाउपालिका अन्तरगतका वडा नम्बर १ जोगा गाउँमा रहेको आईशोलेसन, पचपोखरा, वडा नम्बर २ शिवपुरी, वडा नम्बर ३ मानपुर, वडा नम्बर ४ जनचाहना बिद्यालय र ६ नम्बर वडा गनापुरमा रहेको क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । बाँके जिल्लाका अन्य स्थानीय तहमा रहेका क्वारेन्टाईनमा पनि सो कार्यलाई निरन्तरता दिईने अध्यक्ष शाहले बताउनुभयो ।



