१५ जेष्ठ २०८१, मंगलवार

जोगा गाऊँमा जग्गाको साँधमा रहेको रुख काट्ने विषयमा विवाद हुँदा मणनासन्न हुनेगरी कुटपीट

एसीपी संवाददाता

१४ जेष्ठ २०७७, बुधबार ०५:०६ मा प्रकाशित

कुटपीट मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरी दर्ता गर्न नमानेको पीडितहरुले आरोप लगाएका छन । गएको जेष्ठ ६ गते जानकी गाउँपालिका अन्तरगतको जोगा गाऊँमा जग्गाको साँधमा रहेको रुख काट्ने विषयमा विवाद हुँदा गाउँकै सन्तोष कहारले अपाङ्ग तिरथराम यादवलाई मणनासन्न हुनेगरी कुटपीट गरेका थिए । घट्नामा घाइते भएका यादवको अहिलेपनि मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । घट्ना लगत्तै प्रहरीले घट्नास्थलमा पुगेर कुटपीटमा संलग्न सन्तोष कहारलाई पक्राउ गरी थुनामा राखेको थियो ।

घट्नामा थप केही महिला र वडा सदस्य इब्राहिम अलि हल्वाई लगाएतका एक दर्जन माथि सन्तोष कहार, अनन्तराम कहार र पीन्टु कहार सहितको समूहले घरेलु हतियारले आक्रमण गरेको पीडितका आफन्तहरुले जानकारी दिएका छन । प्रहरीले घटना भएको ७ दिन वित्न लाग्दा समेत जर्वजस्ती मिलापत्र गराउन दवाव दिएपछी पीडित यादव सहितका ब्यक्तिहरुले प्रहरीले आँफुहरुमाथि अन्याय गरेको गुनासो ब्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुबै पक्षलाई राखेर मेलमिलापका लागि छलफल गराउने प्रयास भईरहेको छ । छलफलमा सहमति नभए प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । तर पिडीत र तिनका आफन्तहरु भने प्रहरीले आफुहरुलाई जबरजस्ती मुद्दा दर्ता नगराउन दबाव दिईरहेको आरोप लगाएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x