बांकेमा आइसोलेसन बाट एक व्यक्ति फरार

बांकेमा आइसोलेसन बाट एक व्यक्ति फरार भएका छन् । जानकी गाउँपालिका १ नम्बरको श्री माध्यमिक बिद्यालय जोगागाउँ आइसोलेसनमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका निवासी ३५ बर्षका संक्रमित व्यक्ति फरार भएका हुन् । उनको खोजीको लागि अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
उनी भारत तिर भागेको अनुमान गरिएको छ । निज फरार ब्यक्ति लकडाउन दिल्लीमा रहेको परिवारिक श्रोतले जानकारी दिएको थियो । ईद मनाउन ससुरारी भारतको नानपारा जान लागेको बेला रुपैडिहाको एक मेडिकल लागु पदार्थ टेबलेट किन्ने बेलामा हिरासत लिइ भारतीय प्रहरीले छाडिएको र नेपाल प्रवेश गर्ने क्रममा नेपाल प्रहरी समातेर कोरेन्टाइनमा राखेको थियो । केही महिना आगाडी फरार व्यक्ति संग सम्पर्क रहेकाहरु १० जनाको हिजो मात्र स्वाब लिइएको थियो । ऊनी १ महिना अघि नेपाल आएर कोरियनपुर बसेका थिए ।

१० दिन देखि क्वारेन्टाइनमा बसेका फरार व्यक्तिलाई ४ दिन अघि कोरोना देखियको थियोे । निजी कोरीयनपुर बसे पनि आफ्नो घरमा नबसेको टोल बासीहरुको भनाई छ । अहिले उसको खोजबिन भइ रहेको परिवरिक श्रोतले जनाएको छ ।



