५ असार २०८३, शुक्रबार

उत्तर कोरियाले दक्षिण कोरियासँग दुई देशका नेताहरूबीचको हटलाइन,सञ्चार सम्पर्क बन्द गर्ने

एसीपी संवाददाता

२७ जेष्ठ २०७७, मंगलवार ०९:४१ मा प्रकाशित

एजेन्सीहरु बाट / उत्तर कोरियाले दक्षिण कोरियासँग दुई देशका नेताहरूबीचको हटलाइन लगायत सबै सञ्चार सम्पर्क बन्द गर्ने बताएको छ।

उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु’ भन्दै सञ्चार सम्पर्क बन्द गर्नुलाई आफूले थालेको कारबाहीहरूको पहिलो कदम भनेको छ।

मङ्गलवारदेखि दुई कोरियाका सम्पर्क कार्यालयमहरूबीच हुँदै आएको नियमित दैनिक सञ्चार सम्पर्क बन्द भएको छ।

सन् २०१८ मा भएको वार्तापछि दुई देशले आपसी तनाव कम गर्ने उद्देशयका साथ त्यस्तो सम्पर्क कार्यालय स्थापना गरेका थिए।

सन् १९५३ मा समाप्त भएको कोरियाली युद्धपछि दुई देशबीच कुनै शान्ति सम्झौता नभएका कारण यी दुई देश प्राविधिक रूपमा अझै युद्धमै रहेका छन्।

एक कोरियाली समाचारसंस्था केसीएनएका अनुसार उत्तर कोरियाले ‘सन् २०२० जून ९ को १२ बजेदेखि उत्तर-दक्षिण संयुक्त सम्पर्क कार्यालयमार्फत् दुवै देशका अधिकारीबीच स्थापित सञ्चार सम्पर्क पूर्ण रूपमा बन्द गर्ने छ।’

उत्तर कोरियाले सैन्य सञ्चार सम्पर्क प्रणाली पनि बन्द गर्ने बताएको छ।

ज्यानुअरीमा कोभिड-१९ का कारण सम्पर्क कार्यालय अस्थायी रूपमा बन्द हुँदा पनि फोनमार्फत् दुई देशबीचको सम्पर्क कायमै थियो।

दुवै देशले बिहान ९ र बेलुकी ५ बजे उक्त सम्पर्क कार्यालयमार्फत् फोन वार्ता गर्ने गरेका थिए। सोमवार दक्षिण कोरियाले २१ महिनामा पहिलो पटक बिहानको समयमा हुँदै आएको फोन सम्पर्क हुन नसकेको बताए पनि अपराह्नमा भने फोन सम्पर्क भएको थियो।

उत्तर कोरियाका नेताकी बहिनी किम यो-जङ्ले गत साता दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर दक्षिणमा गएकाहरूको समूहलाई उत्तर कोरियामा विभिन्न पर्चाहरू पठाउन नरोके त्यस्तो सम्पर्क कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन्।

उनले त्यस्तो पर्चा अभियानलाई शत्रुतापूर्ण कार्य भन्दै त्यसले दुई देशबीच सन् २०१८ मा भएको शान्ति सम्झौताहरू उलंघन हुन गएको बताएकी थिइन्। सन् २०१८ मा भएको पानमुनजोम शिखर बैठकका बेला दक्षिणका मून जे-इन र उत्तरका किम जङ्‍-अन बीच त्यस्तो शान्ति सम्झौता भएको थियो

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका व्यक्तिहरूले बेलुनमार्फत् उत्तरको नेतृत्वको आलोचनाले भरिपूर्ण पर्चाहरू उत्तर कोरियामा पठाउने गर्छन्।

ती पर्चाप्रति मानिसलाई आकर्षित गर्न बेलुनमा पर्चासँगै खानेकुराहरू समेत राखेर पठाइने गरेको बताइन्छ। उत्तर कोरियालीहरूले राज्य नियन्त्रित सञ्चारमाध्यमबाट मात्रै समाचार प्राप्त गर्न सक्छन् र धेरैको इन्टरनेटमा पहुँच छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x