२१ बैशाख २०८३, सोमबार

कृष्णनगर प्रहरीको अर्को उपलब्धि

एसीपी संवाददाता

३० जेष्ठ २०७७, शुक्रबार १०:१९ मा प्रकाशित

अजय मिश्र, कृष्णनगर ,३० जेठ लकडाउनको मौका छोपी कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत क्षेत्रमा भन्सार छलि गरि लैजादा वरामद गरिएको समान इ. प्र. का. कृष्णनगरको भवन पछाडिको प्रांगण मा जलाएर नष्ट गरिएको छ । औषधी ,रक्सी , गुटखा लगायत समान रहेको जस्को अनुमति मुल्य पांच लाख अस्सी हजार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ. यस अघि पनि इलाका प्रहरी कार्यालय कृष्णनगर ले अवैध रूपमा ल्याईएको समान विभिन्न समयमा समेत नष्ट गरि सकेको छ। भन्सार चुहावट रोक्न आफूहरू सधै तत्पर रहेको जनता लाई सुरक्षा को अनुभूति दिई देश र जनता को सुरक्षा दिनु नै हाम्रो कर्तव्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।

तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् । प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए । सकृय बन्दै गएकाे प्रहरी सुराकिकाे आधारमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन । नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय भद्र भलादमी, पत्रकार, सुरक्षाकर्मी, कृष्णनगर नगरपालिका प्रतिनिधि, हरूको राेहबरमा राखी उक्त माल समान नष्ट गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x