१३ जेष्ठ २०८३, बुधबार

नेपालमा बिहीवार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टी

एसीपी संवाददाता

२९ जेष्ठ २०७७, बिहीबार १३:३७ मा प्रकाशित

नेपालमा बिहीवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । यो संगै नेपाल नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ । त्यस्तै अहिलेसम्म पिसिआर बिधिबाट १,१५, ९३० र आरडिटी बिधिबाट १, ७५ ,१४१ परिक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार हाल मुलुकभर तीन हजार सात ३८ जना आइशोलेशनमा छन् भने १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x