३१ जेष्ठ २०८१, बिहीबार

जातिय उन्मुक्तिका लागि भएको संघर्ष कस्का लागि ?कमरेडलाई प्रभाकर शर्मालाई फिल्म निर्देशक राज सानेको पत्र

एसीपी संवाददाता

१४ जेष्ठ २०७७, बुधबार ०६:०२ मा प्रकाशित

कमरेड प्रभाकर जनार्दन शर्मा र रुकुम जिल्लालाई हजुरको पार्टीको भाषामा लालसलाम ।
हजुरको पार्टीको भाषा भन्नेबितिकै प्रतिद्वन्द्वी पार्टीको हो भनेर नबुझ्नु होला । आजसम्म म कुनैपनि राजनीतिक पार्टीको झन्डा बोकेर हिडेको छैन । लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा आबद्ध छु । चलचित्र निर्देशकको रुपमा अग्रसर छु ।
कमरेड नेपालको ईतिहासमा दसबर्ष जनयुद्ध चर्चित छ । जनयुद्धको समय तत्कालीन नेकपा माओबादीका प्रमुख कार्यक्रमहरु रोल्पा र रुकुममा भए । धेरै जना कमरेडहरु जनयुद्धमा यहि क्षेत्रबाट लागे । यहिबाट तत्कालीन नेकपा माओवादीले प्रमुखताका साथ “जातिय विभेदमुक्त समाज” कुरा उठायो ।त्यसरी आवाज उठाउनेमा तपाईं प्रमुख पात्र हुनु हुन्थ्यो ।
यसो त रुकुम जिल्ला भनेपछि जनार्दन शर्मा प्रभाकर सबैलाई स्मरण हुन्छ । किनकि तपाईं जनयुद्धको हस्ति हुनुहुन्थ्यो रुकुम जिल्ला तपाईंहरुको आधार किल्ला थियोे । पश्चिम नेपाललाई माओवादीले धेरै सिकाएको छ धेरै बुझाएको छ । दसबर्ष जनयुद्धले कमरेड प्रभाकर जस्तो होनाहार नेता,योद्धा पनि जन्माएको छ ।

कमरेड प्रभाकरको रुकुम जिल्ला तपाईंकै कारण नतमस्तक वा भरिपुर्ण भएको हो जस्तो लाग्छ । आज यहि जिल्लामा प्रेम गरेकै आधारमा नवराज बिक उनका साथीहरू मारिए ।एकाइसौ शब्दादीमा यो निकै दुस्खद घटना हो ।मलाई लाग्छ कमरेड तपाईंको अधार इलाकामा घटेको यो घटना पशुवत र घृणित छ । जसले हिजोको बिभेदमुक्त समाजको नारालाई मात्र गिज्याएन मानवतालाइ समेत कालो पोत्योव कमरेड । प्रभाकर कमरेड्ले सोचेको समाज निर्माणको सोचले काम गरेनरु तपाईंको इतिहास र बर्तमान संयोजन हुन सकेन ।
रुकुम जिल्लामा सामन्तबाद सपन्चायत र ,जहानिय राणा शासनको प्रबृती जिबतै भए जस्तो महसुस हुँदैछ । अन्तर जतिय बिबाहका नाममा यो देशको जबान नबराज बि।क प्राण जानुले त्यही कुरा पुष्टि गर्छ ।नवराजका साथिहरु समेतलाई सिङ्गो गाउनै उठेर मार्नु भनेको कमरेड जनार्दन शर्मा प्रभाकर र रुकुम जिल्लाको लागि लाजमर्दो कुरा हो । अब कसरी भन्नू हुन्छ कम्रेडरु हजारौ क्रान्तिकारी जनसमुदायको अगाडि म रुकुमबाट जनार्दन शर्मा प्रभाकर अनि मेरो जातिय छुवाछूत मुक्त जिल्ला रुकुम ।

कमेरड हजुरको जिल्लामा क्रान्तिकारीको खोल ओढेका सामन्ती पापी र उग्रहरुलाई कस्तो कारबाही हुन्छ रु हेर्न बाकी नै छ ।म आशामा छु तपाइको सरकारले मान्छे मारेर खोलामा बगाउने अनि खोलमा हामफालेर मरे भनीएका साथीहरूलाई न्याय दिनेछ । बाहना बनाई दुई चार पैसा दिएर शहिद घोषणा गर्ने काम नहोस । अनि यहि सस्कार र सकृतिलाई प्रथामिक्ता दिएर मृतक नबराज बि।क र साथिहरुको केशलाई दबाएर पुरानै चलन लाई पर्थामिक्ता दियर झारो टार्ने काम गर्नुको औचित्य राम्रो होइन ।यस्तो हुँदा देशमा यस्तो घट्ना घटिरन्छ्न । सामन्तीहरुसग पैसा छ । तिरी रहन्छ्न ।सहिद घोषणा भैरन्छ्न तर आज जन समुदायले चाहेका छ्न कि यस्तो कार्बाही होस जुन कारबाहिले पैसा त के खुद जन्मदाता आय पनि सजाय रहोस ।किन कि यो कृयाकला बाट जुन निर्णय हुन्छ त्यो निर्णय ले फेरि फेरि यस्ता घट्ना नघटोस । सबै मान्छेले समानता सहित बाच्न पाओस मान्छेको बिचमा मान्छ्रे भयर बाच्न पाओस । देशले काचुली फेरोस ।

प्रभाकर कमरेड म अन्तिम मा एउटा अनुरोध गर्द्छु । अन्तर जतिय बिबाहको केसमा रुकुम जिल्ला र जनार्दन शर्मा कम्रेड प्रभाकरलाई सम्झियोस । तेसका लागि कोहि पनि अपराधी नछुटोस । ताकी तिनी अपराधिहरुका पुस्तौ पुस्तौले स्मरण गरून् कि त्यो गलत थियो । अन्तिममा मृतक नबराज बिक लगायतका मृतक साथिहरुको आत्माले शान्ती पावस हार्दिक सम्बेदना प्रकट गर्द्छु । राजबहादुर साने चलचित्र निर्देशक/अनुमति बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x