कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ ।
लकडाउन जारी भएपनि पछिल्लो समय नेपालगन्जलगायत देशभर सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा नेपालगन्जका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । सरकारले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ । नेपालगन्जका बिपीचोक, धम्बोजी, सदरलाईन, न्युरोड, बसपार्करोड, कारकादो चोक लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । प्रहरीले सवारी जाँचलाई केही कडा बनाएको छ ।

अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत सामान्य सोधपुछ गरी पठाउने गरेको छ । यस्तै भित्री सडकमा पनि अत्यावश्यक खाद्य सामाग्रीका पसलहरु खुलेको देखिन्छ । लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दवाव दिँदै आएको छ ।



