१३ जेष्ठ २०८३, बुधबार
माननिय ओमप्रकाश शर्माद्धारा महानगरलाई रु.५५ हजार आर्थिक सहयोग प्रदान


बिरगंज , जेष्ठ २८ गते बुधबार । नेपाली काङ्ग्रेसका पुर्व संविधान सभा सदस्य माननीय ओमप्रकाश शर्माले आज वीरगञ्ज महानगरपालिकालाई आर्थिक सहयोग गरेका छन् । । बिरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावागीलाई उहाकै कार्यकक्षमा भेटेर शर्माले ५५ हजार रुपैयाँको (रु ५५,०००) चेक हस्तान्तरण गरेका थिए ।

माननीय शर्माले बिरगंज महानगरपालिका कार्यालयद्वारा सञ्चालित कोरोना भाइरस विरुद्धको अभियानमा आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेका हुन । चेक हस्तान्तरण कार्यक्रममा महानगर पालिकाका राजनैतिक सल्लाहकार मुकेश दुबेदी , समाजसेबि मुरलि जलान लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Login
0 Comments



