नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३७६२

सोमबार नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण देखिएको छ
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सोमबार ३१४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितको संख्या ३७६२ जना पुगेको जनाएको हो । सोमबार थपिएका संक्रमितमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै सोमबार थप २१ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ४ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

उहाँका अनुसार स्याङ्जाका एक पुरुषको कोरोनाको कारण ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । मन्त्रालयको अनुसार १ लाख ७० हजार ७ सय ३२ जना क्वरेण्टीनमा र ३ हजार २ सय ६० जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म १ लाख ९ सय ७१ जनाको पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।



