बाँकेमा कोरोना महामारी रोकथाम गर्न निषेधज्ञा जारी


जेठ १४ गते नेपालगंज । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना महामारी रोकथाम गर्न गराउन भनी बुधबार राती १० बजे बाट अर्को आदेश न भए सम्मका लागि जिल्ला भरी निषेधज्ञा जारी गरेको छ । साथै प्रशासनले जारी गरेको बिज्ञप्तीमा कोरोना महामारीको रोकथाम तथा नेपाली नागरिक स्वास्थ्य सुरक्षा मध्यनजर गर्दे निषेधज्ञा लागु गरिएको साथै राजपत्रमामा उल्लेख भए बमोजिम भोजनालय, औषधीपसल, फलफुल, स्वास्थ्यसंस्था,अस्पताल,तरकारी,कृषि जन्य ,खाद्यन्न, ढुवानी कार्य र यसमा प्रयोग हुने सहित सवारी साधन, लगाएतका पशुपंक्षी,सरकारी छापाखाना ,संचार क्षेत्र,बैंकिंग सेवा,सुरक्षा सेवा ,खानेपानी , बिद्युत जस्ता अति आवश्यकलाई सुविधामा पर्ने र कोरोना महामारीबाट जोगाउन कुनै प्रकारको गोष्ठि,सम्मेलन, सभा, भेला, गर्न न पाइने भन्दै प्रमुख जिल्ला अधिकारी द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।