२१ कार्तिक २०८२, बिहीबार

विजयनगरले कृषकलाई अनुदानमा ५ हजार बोरा धान वितरण

एसीपी संवाददाता

१४ जेष्ठ २०७७, बुधबार १४:१८ मा प्रकाशित

राम प्रघट कोरी जेष्ठ १४ – विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार बोरा धान वितरण गर्ने भएको छ । गाउँपालिकाले उन्नत जातको राधाचार धान वितरण गर्न सुरु गरेको हो । कार्यपालिकाबाट निर्णय भएबमोजिम प्रत्येक घरलाई पुग्ने गरी वितरण कार्यलाई अगाडी बढाएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त धान वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । सरकारले लगाएको लकडाउनमा कृषकहरुको समस्याहरुलाई मध्येनजर गर्दै समयमै धानको बिउ वितरण गर्न लागेको छ । कृषकलाई कोरोना भाइरसका कारण लगाइएको लकडाउनले धानको बिउ बजारबाट ल्याउन किसानलाई अप्ठ्यारो भएकोले गाउँपालिकाले आफै धानको बिउ व्यवस्थापन गरी वितरण सुरु गरेको हो । हालसम्म गाउँपालिकाले १ हजार बोरा धान वितरण गरि सकेको कृषि विकास शाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x