१३ जेष्ठ २०८३, बुधबार
त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दल सहमत

नेपालगञ्जको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलले सहमति जनाएका छन् । बिहिवार बसेको सर्वदलीय बैठकले चोकको सौन्दर्यकरण गरि संरक्षण गर्ने निर्णय गरेको हो । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले कुरुप भएको चोकमा स्तम्भ निर्माण गरि राष्ट्रिय झण्डा राख्ने निर्णय बोर्ड बैठकले निर्णय गरेको जानकारी दिनुभयो । उपप्रमुख उमा थापा मगरले चोकले नेपालगञ्जलाई चिनाउने भएकाले सौन्दर्यकरण अति आवश्यक भएको बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले विकास निर्माणमा सबै पक्षको साथ र सहकार्य आवश्यक पर्ने बताउनुभयो ।
Subscribe
Login
0 Comments



