१७ कार्तिक २०८१, शनिबार

बाँके बर्दियाको भविव्य तथा सीमाङ्कन हेरफेर विषयमा अन्तरक्रिया

एसीपी संवाददाता

१ फाल्गुन २०७६, बिहीबार १५:५६ मा प्रकाशित

बाँके, फागुन १ बिहीबार नेपालगन्जमा प्रदेश राजधानी र बाँके बर्दियाको भविव्य तथा सीमाङ्कन हेरफेर विषयमा अन्तरक्रिया कार्यक्रममा गरिएको छ । सार्वजनिक सरोकार अभियानको आयोजनामा गरिएको कार्यक्रममा पूर्वमन्त्री गोपाल दहित, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणा, नेकपाका युवा नेता रत्न खत्री, बाँके जिल्ला बारका अध्यक्ष मोहम्मद अयुध सिद्धिकी, पूर्व मेयर विजय गुप्तालगातय उपस्थित सहभागीले आ–आफ्नो प्रतिक्रिया राखे । कार्यक्रममा बोल्दै मेयर राणले प्रदेश नम्बर ६ मा जाँदा बाँके, बर्दियामा रहेका थारु, मुस्लिम र मघेसीको हकहीत र अधिकार सुचिश्चि हुने बताएका छन् । साथै उनले प्रदेश सीमाङ्कन भइसकेपछि नेपालगन्जका होटल व्यवसायीको व्यापार व्यवसाय ४० प्रतिशत कम भएको बताए । उनले भने, ‘राजनीतिक हिसाबले बाँके र बर्दियालाई प्रदेश नम्बर ६ मा जाँदा कुनै समस्या हुँदैन । कर्णाली प्रदेशमा गइयो भने नेपालगन्जको व्यापार व्यवसाय, पर्यटन आगमन बड्छ । कर्णाली प्रदेशको सबैभन्दा ठूलो सहर नेपालगन्ज हुने हुँदा नेपालगन्जलाई महानगरपालिका बनाउन सकिन्छ ।’ राणाले नेपालगन्जको विकासका लागि कर्णालीमा जाँदा नेपालगन्जमा नै अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन सकिने कुरामा पनि जोड दिए । साथै उनले सरकारले नेपालगन्जलाई अपेहेलना गर्दै आइरहेको पनि उलने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x