डुडुवाको बेतहनी चौकमा नागरिकता विधेयक विरुद्ध जनमत पार्टीको बिरोध प्रदर्शन , कोणसभा

जनमत पार्टी बाँकेको डुडवा गाउँपालिका समितिको अगुवाईमा गाउँ केन्द्रित एंव जनसम्पर्क कार्यक्रम अन्तरगत आज विहान ११ बजे देखि उक्त विधेयक विरुद्ध बिरोध कोणसभा गरेको छ।
उक्त कार्यक्रम गाउँपालिका समिति अध्यक्ष शेष अब्दुल वाहिद शेषको अध्यक्षतामा गरिएको हो, कार्यक्रममा विशेष अतिथि केन्द्रीय नेता इरफान अहमद शेष, जिल्ला सदस्यद्वय जाबिर हल्वाई, रियाज अंसारी एंव गाउपालिका सदस्यद्वय आरिफ दर्जि, शान्ति गोडिया, एंव जनमत युवा संघका सदस्यद्वय राहुल शेष, शम्शाद शेष, हनुमान यादव, शंकर गोडिया लगायतको उपस्थितिमा कार्यक्रम गरिएको नेता रियाज अंसारीले जानकारी दिइएका छन।

कार्यक्रममा मन्तब्यका क्रममा इरफान अहमद शेषले नागरिकता विधेयक कानुन मधेश विरोधी रहेकोले हामी मधेशी जनताको हकहितको लागि वर्षौ देखि संघर्षरत छौ र आगामी दिनहरुमा समेत हाम्रो समाजिक एंव राजनीतिक अन्दोलन मधेश मुक्ति नभए सम्म जारी रहने चेतावनी दिइएका छन, नेता शेषले स्थानीय सरकार माथि पनि गम्भीर आरोपहरु लगाएका छन स्थानीय सरकार जनताको लागि नभई भ्रष्टाचारको लागि नै ल्याएको जस्तो काम गरिरहेको आरोप लगाएका छन,

अबको दिनमा केन्द्र सरकार , प्रदेश सरकार एंव स्थानीय सरकारले समेत जनताहित बिपरित कार्य गर्दै गयो भने हामी स्वराजिहरु स्थानीय सरकार एंव प्रशासन बिरुद्ध कडा अन्दोलन चाल्ने भनेका छन।

अब हाम्रो अन्दोलन रुकनेवाला छैन अब झन प्रदर्शनको तयारी हुने जनाएका छन , अहिले पनि जनमत को नेतृत्वमा मधेश भरि नै यस्तो प्रदर्शन भइरहेको समेत जनाएका छन।












