जो जति भारत बिरोधि उ त्यति नै ठुलो राष्ट्रबादी

ललित रौनियार नेपालगंज – प्रचण्ड को स्थिति नेकपामा घरको न घाट को भएछ,ओलीको राजीनामा पछि पनि उनको नाममा सहमति बन्दैन,माधव नेपाल नै हुने बढी सम्भावना छ तर हिजो झलनाथलाई जसरी उचालेर पछारे त्यो स्थिति फेरि नहोला भन्न गाह्रै छ । अहिले देश को स्थिति बडो जटिल अवस्थामा छ,ओली राष्ट्रबादको पर्याय बनेका छन,हामी यो पनि बिर्सनु हुन्न कि हिजो को दिनमा महाकाली सन्धि गर्दा महाकाली नदीको अवस्था परिवर्तन गर्ने नायक यिनै हुन,अहिले को समयमा जो जति भारत बिरोधि उ त्यति नै ठुलो राष्ट्रबादी,सीमा बिबाद पछि नागरिकता बिबाद पनि भारत सँगै जोडिएको छ,किनभने यहाका राष्ट्रबादीहरुको बुझाईमा मधेशी भनेको भारतिय हुन ।
७ बर्षे कानुनले मधेशीहरुलाई राजनैतिक रुपले कुनै खासै असर पार्दैन किनभने नेपालमा मधेशी महिला राजनितिमा धेरै पछाडि छन भने झन भारतबाट नेपालमा अाएर राजनिति गर्नु भनेको त एकदम बिरलै नै हुन्छ तरपनि मधेशीहरले यो कानुन को बिरोध गर्नुको मुख्य कारण हो यसलाई मधेश र मधेशी सँग जोडेकोले गर्दा स्वाभिमान को बिषय बन्न गएको कारणले गर्दा मात्र हो । बर्तमान समयमा जनतामा यस ब्यावस्था कै बिरुद्धमा जनमत बन्दै गएको अवस्था छ तर बलियो बिकल्प नभएको कारणले मात्र सडक तात्न सकेको छैन । राजतन्त्रको बिकल्प को बारेमा जनमत हुदाँहुदै पनि पारस सबैभन्दा ठुला बाधकको रुपमा रहेपनि ह्रदयेन्द्र लाई राजा मानेर जादाँ महारानी हिमानी लाई लिएर ठुलो अशँका छ यहाका कथित राष्ट्रबादीहरुमा,किनभने हिमानी सिहँ शाह त राजस्थानी यानि भारतिय राजघरानाबाट अाएकि हुन,हिजो जसरी महारानी राजेन्द्रलक्ष्मी सक्रिय भएर राजकाज चलाएकी थिईन कतै हिमानी ले पनि त्यस्तै गरिदिए भने नेपालको स्थिति सिक्किम जस्तो हुन्छ कि भन्ने शँका गर्नेको कमि पनि छैन । देश अहिले नँया राजनैतिक बिकल्पको खोजी मा छ, त्यो बिकल्प ज्ञानेन्द्रले दिन सक्छन राजाको रुपमा होइन नेताको रुपमा अाफनो नेतृत्वमा एउटा नँया राजनीतिक दलको गठन गरेर। दुई दलिय ब्यवस्था,कार्यकारी राष्ट्रपति,समानुपातिक निर्बाचन प्रणाली मार्फत देशलाई भ्रष्टाचार मुक्त,स्थायी र जनताप्रति उत्तरदायी सरकार दिन सकिन्छ।



