१७ मंसिर २०८०, आईतवार

कोरोना भाइरसका कारण चीनमा अर्को एक जना डाक्टरको मृत्यु

एसीपी संवाददाता

२४ माघ २०७६, शुक्रबार ०४:०६ मा प्रकाशित

बेइजिङ माघ २४ गते एजेन्सी — कोरोना भाइरसका कारण चीनमा अर्को एक जना डाक्टरको मृत्यु भएको छ । गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने डाक्टर ली वेनलियाङको शुक्रबार बिहान मृत्यु भएको हो ।
यसअघि माघ ११ गते हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।
वुहान सेन्ट्रल अस्पतालले लीको मृत्यु शुक्रबार बिहान भएको पुष्टि गरे पनि केही चिनियाँ सञ्चारमाध्यमले भने बिहीबार राति नै लीको मृत्यु भएको बताएका थिए।
‘कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि लड्दै गर्दा हाम्रो अस्पतालका आँखा रोग विशेषज्ञ ली वेनलियाङलाई कोरोना संक्रमण भएको थियो। उनलाई बचाउनका लागि हामीले निकै प्रयास गर्यौं। तर शुक्रबार बिहान २ः५८ मा उनको मृत्यु भयो,’ अस्पतालले विज्ञप्तिमार्फत भनेको छ।
We deeply mourn the death of #Wuhan doctor Li wenliang, who unfortunately got infected with novel #Coronavirus while battling with the epidemic. After all-effort rescue, Li passed away on 2:58 am, Feb. 7. pic.twitter.com/mbYA3wB4pn— People’s Daily, China (@PDChina) February 6, 2020
घन्टौंसम्म लीको मृत्युका बारेमा विभिन्न समाचार आइसकेका थिए। अस्पतालले लीको अवस्था अत्यन्तै गम्भीर भएको तर मृत्यु नभएको भन्ने विज्ञप्ति प्रकाशित गरेपछि केही चिनियाँ सञ्चार माध्यमले पहिले गरेका ट्वीट हटाएका थिए। अस्पतालले पछि मात्रै लीको मृत्यु पुष्टि गरेको हो।
वुहानका ‘ह्विसलब्लोअर’
लीले भाइरसको प्रकोपका बारेमा चेतावनी दिएका थिए, तर त्यही भाइरसले उनकै ज्यान लियो। डिसेम्बरमा उनले मेडिकल कलेजको एलुम्नाई ग्रुपमा यसको बारेमा जानकारी गराएका थिए। वीच्याटमा उनले सिफुडका कारण सात जना बिरामी भएको र यसको लक्षण सार्सको जस्तो भएको उनले बताएका थिए। उनले ती सात जनालाई वुहान अस्पतालमा राखिएको पनि बताएका थिए।
पछि वुहान प्रहरीले लीले हल्ला फैलाएको आरोप लगायो। सभार इ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x