५ असार २०८३, शुक्रबार
देश किन बनेन ?

देश किन बनेन ???
हाम्राे राजनीतिक गल्ती देश नबन्नुमा??
“नयाँ गल्ती हुन सक्छ, पुरानो गल्ती दोहोर्याउनु हुदैन” भन्ने सामान्य सफलताको नियमकाे समेत पालना भएन । दुरी पार गर्न नसकेका राजनीतिक धावकले दौडिएर भन्दा प्रतिस्पर्धिलाइ जबरजस्त लडाई आफू प्रथम हुने गलत राजनीतिक संस्कारकै निरन्तरता भयाे ।

देश राजनीतिक पाेलुशन बाट सङक्रमित हुदा गम्भीर राेगकाे सिकार भयाे । मेडिकल साइन्स भाषामा भन्दा देश ” भेन्टिलेटर” मा पुग्याे। राजनीतिक डाक्टरले दिएको “प्रेस्क्रिप्सन” र राेगकाे बिचमा तालमेल नै भएन । राेगकाे ‘अप्रेसन ‘ गरि दिर्घकालिन निदान गर्नुभन्दा ‘ पेनकिलर ‘ चलाई तत्कालकाे समाधान खाेजियाे ।

त्यसले केही हदसम्म दुखाइ र पीडा त कम भयाे तर क्रमशः अङ्गलाई ‘ड्यामेज’ गर्दै जाँदा देश ‘डायलासिस’बाट चल्दै आयाे!! ममता अधिकारी को समाजिक संजालबाट यूवा आवाज
Subscribe
Login
0 Comments



