१२ असार २०८३, शुक्रबार

शिक्षण अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा

एसीपी संवाददाता

३१ श्रावण २०७७, शनिबार ०२:४६ मा प्रकाशित

कोरोना भारइरसका कारण नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकामध्ये केहीलाई सङ्क्रमण भएर आइसोलेसनमा तथा अन्य गरेर ५० जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको बताउनुभयो ।

उहाँले सङ्क्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरेर छ जना सङ्क्रमित भई आइसोलेसनमा रहेको जनाउँदै सङ्क्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना चिकित्सक र स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेको बताउनुभयो ।

अस्पतालका सहनिर्देशक किदवाईका अनुसार पछिल्लो समयमा आएर समुदायमा सङ्क्रमण फैलिएपनि बिरामीलाई निरन्तर सेवा प्रदान गर्दैआएकोले चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् ।

उहाँले हाल आएर ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि बिरामीलाई सेवा दिन समस्या भइरहेको बताउनुभयो ।

ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बसेपनि आलोपालो गराएरै भएपनि अस्पतालका सबै सेवालाई सुचारु राखिएको अस्पतालले जनाएको छ ।
हाल क्वारेन्टाइनमा रहनुभएका नेपालगञ्ज शिक्षण अस्पतालका चिकित्सक डा. विनोद कर्णले हालसम्म उपचारका लागि अस्पतालमा पुगेका कुनै पनि बिरामीलाई फिर्ता नगरिएको बताउनुभयो ।
उहाँले कोरानाको लक्षण देखिएका बिरामीलाई समेत स्वास्थ्य सेवा दिँदै आएकोले नै धेरैजना स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपरेको जनाउनुभयो ।सभार-गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x