१ श्रावण २०८३, शुक्रबार
चिनियाँ राजदूतको हस्तक्षेपले क.हरुको राष्ट्रीयता त दुख्दैन-कांग्रेस नेता गुरूङ

काठमाडौं : नेपाली कांग्रेसका नेता धनराज गुरूङले नेकपाभित्रकाे विवाद मिलाउन चिनियाँ राजदूतकाे सक्रियतामाथि टिप्पणी गरेका छन् । साेमबार ट्विट गर्दै उनले लेखेका छन्, “कांग्रेसको बर्तमान रोडम्याप कांग्रेसकै महाधिवेशन हो। कांग्रेसलाई देखाएर नेकपाका नेताहरुले आपसी झगडा बल्झाउने र एकले अर्कोलाई तर्साउने नगरे हुन्छ। सकेसम्म आफै मिल्नुस्। नसके चिनियाँ राजदूतको दौडधुप त चलेकै देख्छु। चिनियाँ राजदूतको हस्तक्षेपले क.हरुको राष्ट्रीयता त दुख्दैन होला नि! ´´
चिनियाँ राजदूतले हिजाे बेलुका नेकपा नेता माधवकुमार नेपालसँग भेट गरेकी थिइन् । यसअघि पनि नेकपा फुटकाे संघारमा पुग्दा याङ्छी सक्रिय भएपछि जाेगिएकाे थियाे । नेपाल मार्ग बाट सभार
Subscribe
Login
0 Comments



