३ असार २०८१, आईतवार

युनियनको पदाधिकारीमा अध्यक्षमा वलि र सचिवमा मल्ल बिजयीग

एसीपी संवाददाता

३ फाल्गुन २०७६, शनिबार ०२:१३ मा प्रकाशित

बब्लु शेख फागुन ३ गते नेपालगन्ज । नेपाल प्रेस युनियन,बाँकेको अध्यक्षमा अर्जुन वली विजयी भएका छन् । शुक्रबार साझ भएको मतदानमा वलीले चेतकान्त भट्टराई र नविन गिरीलाई पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन।अध्यक्षमा निर्वाचित वलीले, ७७ मत ल्याए भने भट्टराईले ४० र गिरीले ३८ मत ल्याएका थिए । त्यस्तै, सचिवमा विजय मल्ल विजयी भएका छन् । मल्लले ८४ मत तथा सचिवका अर्का प्रत्याशी प्रियास्मृति ढकालले ६४ मत ल्याएका छन् ।
प्रेस युनियन बाँकेमा उपाध्यक्षद्वयमा समीरमान श्रेष्ठ र विनय त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्विरोध चयन भएका छन् । सदस्यहरुमा रविन्द्र घिमिरे, रामबहादुर रावत, कमल केसी, संगीता पाठक, लक्ष्मी गौडेल, दीपककुमार राई, गणेशबहादुर राई, नरेन्द्र सिंह र नन्दलाल साहु निर्विरोध भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x