१२ मंसिर २०८०, मंगलवार

नेपाल प्रेस युनियन बाकेको ११ औ अधिवेशन आज

एसीपी संवाददाता

२९ माघ २०७६, बुधबार ०२:५७ मा प्रकाशित

माघ २९ गते नेपालगन्ज । नेपाल प्रेस युनियन बाकेको ११ औ अधिवेशन आज बुधबार नेपालगन्ज हुने भएको छ । नेपाल प्रेस युनियनको अधिवेशनबाट नयाँ समिति गठन हुने भएकाले युनियन आबद्ध रहेका सम्पुर्ण पत्रकारहरुलाई उपस्थितिका बिग्याप्ती मार्फत आव्हान गरेको छ । जिल्ला समन्वय समिति बाकेको सभा हालमा हुने अधिवेशनका लागि युनियन आवद्ध केन्द्रिय पत्रकारहरु नेपालगन्ज आउने बताएका छ्न । युनियनले विभिन्न बिधामा पत्रकारिता पुरस्कार स्थापना गरेकोले ११ औ अधिवेशनमा पुरुस्कार समेत वितरण गरिने बताइएको छ । नेपाली काङ्ग्रेसका सभापति एव पुर्ब प्रधानमन्त्री स्व.सुशील कोइरालाको नाममा”सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एव नेपाल पत्रकार महासंघका पुर्ब सभापति तारानाथ दाहाललाई प्रदान गरिने भएको छ । यस्तै वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी तथा नेपाल् प्रेस युनियन बाकेका संस्थापक सभापति पन्नालाल गुप्तको नाममा चाचाजि राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सभापति धर्मेन्द्र झालाई ,जगन्नाथ गौडेल पत्रकारिता पुरस्कार नेपाल युनियन केन्द्रिय सदस्य दिपा आलेलाई छ्नोट गरेको वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको सयोजकमा रहेको समितिले छनौट गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x