५ असार २०८३, शुक्रबार

एक्सन एडको आर्थिक सहयोग तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगंज समन्वयमा राहत बितरण

एसीपी संवाददाता

१ श्रावण २०७७, बिहीबार १२:१२ मा प्रकाशित

https://www.youtube.com/watch?v=FURL-Q2IZog

नेपालगंजमा अति बिपिन्न बर्गका बिभिन्न समुदायका ब्यक्तिहरुलाई विहीबार राहत बितरण गरिएको छ ।
एक्सन एडको तथा स्थानिय समाज सेवीहरुको आर्थिक सहयोग रहेको नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगंजको समन्वयमा नेपालगंज उपमहानगरपालिका का चार वटा बडा तथा जानकी गाँउ पालिकाकोे दुइ वडाका स्थानियहरु गरीब, असहाय,अति बिपन्न तथा सिमान्तकृत समुदायमा कोरोना महामारीबाट जोगाउनका लागि २६२ घर परिवारहरुलाई राहत बितरण गरिएको छ । अहिले बिश्व भरी कोरोना महामारी फैलिएको बेला नेपालमा समेत कोरोना असर परेको छ ।

https://www.youtube.com/watch?v=T1XKohHULJU

बाँकेमा बिभिन्न संघ संस्था वडाहरुले समेत दैनिक ज्यालादारी मजदुरी गर्दै आएकालाई राहत गर्दे आएको र त्यतिले मात्र न पुग्ने भन्दै राहत बितरण गरिएको नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका मोहम्मद शेर बागवानले जानकारी दिनु भयो ।

https://www.youtube.com/watch?v=t39Tw70gtpQ

एक्सन एड र साझेदार संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगंजको सहयोगमा नेपालगंज उपमहानगरपालिकाको वडा २, ६ , १६ र १० तथा जानकी गाउँ पालिका को वडा नम्बर ३ , ४ का स्थानिय सिमान्तकृत समुदाय लाई जनही चामल २५ किलो २ किलो दाल २ किलो आलु २ किलो तेल साथै कोरोना बाट सेनेटाइजर, साबुन ,मास्क समेत बितरण गरेको अध्यक्ष बागवाने बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x