११ असार २०८३, बिहीबार

जिल्ला प्रशासन कार्यालय बाँकेमा राजपाजसपाको ज्ञापन पत्र

एसीपी संवाददाता

१६ श्रावण २०७७, शुक्रबार १०:०२ मा प्रकाशित


बाँके जिल्लामा जिल्ला प्रशासन कार्यालय बाँकेबाट कोरोना भाईरस (कोभिड–१९) को संक्रमणलाई मध्य नजर गर्दै आगामी शनिवार मध्य राति देखि कोरोना भाईरस नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गर्ने भनि सूचना सम्प्रेषण भएको मा सो ध्यानाकर्षण भएको राजपाजसपाले ज्ञापन पत्र दिएको छ ।

१७ गते इस्लाम धर्मावलम्बीहरुको महान चाड पर्व बकरा ईद (इदुल अजहा) हुने भएकोमा मस्जिदमा समाजिक दूरी कायम गर्दै नमाज पढन (नमाज अदा) गर्न पाउने सहजता बनाई दिन र श्रावण १९ गते जनै पूर्णिमा, रक्षा बन्धनलाई ध्यानमा राखी निजी सवारी र पसललाई सञ्चालन गर्न पाउने र भारत देखि नेपाल र नेपाल देखि भारत को आवागमनमा सहजता हुने गरी संस्कृति परम्पराको संरक्षणमा सहयोग गर्न गराउन भन्दै जिल्ला प्रशासन कार्यालय बाँके का प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगलाई ज्ञापन दिएका छन् ।

हाल किसानहरुले आफनो धान बालीमा यूरिया मल हाल्ने समय रहेकोमा नेपाल सरकारले किसानको आवश्यता अनुसार सहज रुपमा मल उपलब्ध गराउन नसकेको कारणले गर्दा किसानहरुले आफनो धान लगायत अन्य बालीमा मल हाल्न नपाएको र सो कारणले ५०५ भन्दा बढी उत्पादनमा ह्रास आउने हुंदा तत्काल सो तर्फ ध्यान दिई किसानहरुको आवश्यक्ता अनुसार मल उपलब्ध गराउनको लागि आवश्यक पहल गर्न गराउन तथा कोरोना भाईरस को संक्रमण भएको जिल्लाहरु मध्ये बाँके जिल्ला उच्च जोखिम मा रहेको र बिगतमा भएको कमि कमजोरीको कारणले हाल समुदाय स्तरमा फैलिने खतरा बढी रहेको संदर्भमा पि.सि.आर.जाँचमा पहुँच वालाको पहुँच नभई सबै आम नेपाली नागरिकको पहुँचको ग्यारेण्टी गरी ब्यवस्थापन गर्ने गराउने गरि ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

राजपाजसपाका नेताहरु जिल्ला अध्यक्ष गिरीजा पाठक, अधिवक्ता राम कुमार दिक्षित , अधिवक्ता राजेन्द्र बिश्वक्रर्मा, राज किशोर मिश्र, बेचनलाल गुप्ता , कौेशल किशोर मिश्र,मधु सोनकर सहित दर्जर्नौं नेता तथा कार्यकर्ता सहितले शुक्रबार जिल्ला प्रशासनमा पुगेर ज्ञापन पत्र दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x