३१ जेष्ठ २०८१, बिहीबार

एमसिसिबारेमा सहयोग लिनु पर्ने काग्रेस नेता कोइराला

एसीपी संवाददाता

१९ माघ २०७६, आईतवार ०९:०४ मा प्रकाशित

माघ १९”गते बुटवल एजेन्सी । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले अहिले देशमा जसरी एमसिसिको बारे गलत भ्रम रहेको तेस बारेमा बुझाउन जरुरी रहेको छ । सैन्य सम्झौतामा यदि तेस्तो केही गर्हो छ भने तेसलाइ सच्यार भए पनि अमेरिकाबाट सहयोग लिनु पर्ने बताएका हुन । बर्तमान सरकारले दुई तिहाई बहुमतको दम्भ राखेको बताउनु भयो ।सरकार अहिले काम भन्दा पनि कुरामा सिमित रहेको छ । देशमा एमसीसी अनुदानमा सैन्यको विषयमा जोडिएको कतिपयले बताइरहेका बेला कोइरालाले भने अहिले देशमा चर्चा गरिए जस्तो सैन्य रणनीति नरहेको बताउनु भयो । नेपाली काग्रेसका नेता
प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा नेपाल बीआरआईमा गएको र एमसीसी सम्झौता पनि पनि कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुँदा भएको उनले प्रष्ट पारे । कहि त्रुटिपूर्ण छ भने सच्याउन समेत अनुरोध गरे । अमेरिका सरकारसँग छलफल गरौं र अनुदान लिऔं त्यो नै राम्रो हुने बताउनु भयो ।
एमसीसी विवादमा अमेरिकी दूतावासको भूमिकाले पनि केही हदसम्म काम गरेको उनले बताए । अहिले एमसिसि ले केही विवाद पक्कै सिर्जना गरेको छ ।
एमसीसीमा केही स्वार्थ भए पनि यसलाई नेपालको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
फरक प्रसंगमा उनले कार्यकर्ताको भावनाअनुसार आगामी महाधिवेशनमा आफू अघि बताउदै त्यसका लागि जिल्ला जिल्लामा राय सुझाव संकलन गरिरहेको उनले जानकारी दिए । कार्यकर्ताहरुको भावनाअनुरूप अगाडि बढ्ने र पार्टीलाई एक गरेर बढने सोचमा छु कोइरालाले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x