१३ जेष्ठ २०८३, बुधबार

सुन्दरी मैम’ ज्ञानको बखान गर्दै, राष्ट्रबादीहरुलाई जसपाका नेता झाको दनक

एसीपी संवाददाता

२४ असार २०७७, बुधबार ११:४७ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजीब झाले देशको आन्तरिक मामलामा कसैबाट हस्तक्षेप नहुनुपर्ने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै नेता झा देशको आन्तरिक मामलामा कसैबाट हस्तक्षेप नहुनुपर्ने बताएका हुन् । 

उनले फेसबुकमा ‘काठमाडौमा प्रायः जसो नाराहरु सुन्न पाइन्छ बाहिरी हस्तक्षेप बन्द गर, बिदेशी चलखेल बन्द गर, तर सुन्दरी मैम आजकल दिनरात कम्युनिष्ट नेताहरूको घरघर पुगी आफ्नो ज्ञानको बखान गरीरहेको सामाचारहरु बाहिर आइरहेको सुनेर पनि न कुनै नारा छ नकुनै बिरोध प्रदर्शन सायद यो देशमा राष्ट्रबादीहरुको नजरमा बाहिर हस्तक्षेप भनेको भारत मात्र हो।’ भनेका छन् । 

उनले ‘एउटा अर्को प्रसंग भारत प्रत्येक बर्ष १००० भन्दा बढी नेपाली विद्यार्थीहरुलाइ मेडिकल, इन्जिनियरिङ सहित माध्यमिक शिक्षा, उच्चमाध्यमिक शिक्षा देखि बिद्याबारिधी सम्ममा स्कलरशिप दिइ निःशुल्क पढाएर बिद्वान बनाइ नेपाल पठाउछन्।’ थपेको छन् ।

‘उता अर्को परोसी सस्तोमा डाक्टर बनाउने नाममा अधिकांस नेपाली विद्यार्थीहरुलाइ आफ्नो भाषा त राम्ररी सिकाउछ तर डाक्टरीको नाममा इन्जेक्सन दिन समेत न जान्नेलाइ mbbs को डिग्री दिएर नेपाल पठाएको घटना NMC मा सहभागीहरुको रिजल्टले प्रस्टाइ सकेको छ। हाम्रो देशको आन्तरिक मामलामा हस्तक्षेप कसैबाट हुनुहुदैन।’ स्टाटस्मा लेखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ । यसैमा कुटनीतिक मर्यादा बिपरीत चिनियाँ राजदूत होउ यान्छी नेकपाको विवाद मिलाउन सक्रिय छिन् । उनले नेकपाका शीर्ष नेताहरुसँगको भेट जारी राखेकी छन् । 

यसैबीच, यान्छीले आज विहान नेता खनालसँग भेटवार्ता गरेकी छन् । भेटका लागि उनी खनाल निवास डल्लुमा ९ बजे पुगेकी थिइन् । उनीहरुबीच ४५ मिनेट कुराकानी भएको खनालनिकट स्रोतले जनाएको छ । यसअघि यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वर पुगेर भेटेकी थिइन् । सभार – नेपाल पाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x