८ कार्तिक २०८१, बिहीबार

भाषण गर्ने थलोमा मात्र परिणत हुँदै त्रिभुवनचाेक

एसीपी संवाददाता

५ फाल्गुन २०७६, सोमबार ०४:१६ मा प्रकाशित

नेपालगन्जको मुटु मानिने चोकको दुर्दशा

शिवराज साहु ५ फागुन नेपालगंज, नेपालगन्ज उपमहानगरपालिकाकाे मुटु मानिने त्रिभुवनचाेक अहिले पार्टीगत विभिन्न कार्यक्रम तथा भाषण गर्ने,सभा गर्ने थलोमा मात्र परिणत हुँदै गएको छ। यसैगरी यस चोकलाइ अा-अाफ्नाे संस्थाकाे विज्ञापनकाे लागि प्रयाेग गर्ने गरी ब्यानर झुण्डाउने कार्यको गरिने गरिएको छ। साथै विभिन्न पर्वहरुको शुभकामना आदानप्रदान सहितको व्यानर यस स्थानमा झुन्डिएको देखिन सकिन्छ । पर्व सकिए पनि व्यानर महिनौ अनि वर्ष दिनसम्म यस चोकमा जताततै झुन्डिएको हुन्छ। सर सफाइको लागि उपमहानगरपालिकाले कुनै ठोस पहल गरेको छैन।यसैबीच केही महिना अगाडी यस चाेकलाई मर्मत गर्ने भनेर एउटा सूचना ब्यानर बाेर्ड समेत रखेकाे थियाे तर याे बाेर्डमा नै सिमित रहन गयो ।हाल सुचना पाटी अर्थात बोर्ड समेत हराएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x