बाँके युनेस्को क्लब द्धारा कोभिड १९ विरुद्ध बाँकेमा सञ्चालन गरिएको कार्यक्रमको समिक्षा

प्लान इन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लबद्धारा कोभिड १९ विरुद्ध बाँकेमा सञ्चालन गरिएको कार्यक्रमको समिक्षा बैठक शुक्रवार सम्पन्न भएको छ ।
शनिवार नेपालगन्ज उपमहानगर पालिकाको सभाकक्षमा बााके युनेस्कोले साझेदार संस्था र सरोकारवालहरुसंग कोभिड १९ विरुद्ध बाँकेमा सञ्चालन गरिएको प्रतिकार्य कार्यक्रमको समिक्षा गरेको हो । बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लेटबहादुर रावत, नरैनापुर गाँउपालिकाका प्रमुख ईश्तियाक अहमद शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्हांग, प्लान ईन्टरनेशनल नेपाल की ए एम मीना पराजुली रेडक्रसका प्रतिनिधी र अन्य सरोकारवाला प्रतिनिधहिरुको सहभागिता रहेको थियो । बाँके युनेसकोका निर्देशक रबि तुलाधरले प्लान नेपालको सहयोगमा कोबिड–१९ बिरुद्ध गरिएका कार्यक्रम र क्वारेन्टाईन तथा आईसोलेशनमा स्वास्थ्य सामाग्री लगायतका सामान सहयोग गरेका बिषयमा जानकारी गराउनुभएको थियो । समाजमा समस्या परेको समयमा युनेस्को तथा प्लान नेपालले गरेको सहयोग र सहकार्य सराहनीय भएको बताउनुभयो ।

प्लान नेपालको सहयोगमा बाँके युनेस्कोले कोबिड–१९ बिरुद्ध बाँके र बर्दियामा बिभिन्न सहयोग कार्यक्रमहर संचालन गरेको छ । बााकेको जमुनाहमा स्थापना गरिएको होल्डिंग सेन्टरमा पनि प्लान नेपाल र युनेस्कोले आप्mनो टीम परिचालन गरेको छ भने बाँके र बर्दियाका क्पारेन्टाईन र आईसोलेशनमा स्वास्थ्य सामाग्री पीपीई। थर्मल गन , सरसफाईका सामाग्री तथा अन्य आवश्यक सपोर्टहरु प्रदान गरेको छ । बैठकमा सहभागीहरुले कोबिड –१९ नियन्त्रणका लागि तथा कार्यक्रमका बिषयमा बिभिन्न सुझावहरु राखेका थिए ।


