पत्रकारलाई गुप्त राहत उपलब्ध गराउने, प्रेस यूनियन बाँकेको निर्णय ।

बाँके, अषाढ ३ । नेपाल प्रेस यूनियनको केन्द्रीय सदस्य जय सिंह के.सी.ले अहोरात्र खटी समाचार संकलन गर्दै आएका पत्रकारहरुको सुरक्षार्थ के.एन.९५ मास्क र सेनिटाईजर एउटा कार्यक्रम बीच प्रेस यूनियन बाँकेलाई हस्तान्तरण गर्नु भएको र प्रेस यूनियन बाँके ले उक्त मास्क र सेनिटाईजर पत्रकारहरुलाई बितरण गरेको छ ।

नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षता र नेपाली काँग्रेस पार्टी बाँकेको सभापति किरण कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस पार्टी बाँकेको सचिव कपिल शर्मा, नेपाल पत्रकार महा संघ बाँकेको पूर्व अध्यक्ष हेमन्त कर्माचार्य, शुक्रऋषी चौलागाई नेपाल टेलीबिजन कोहलपुर प्रमुख बिजय बर्मा, केन्द्रीय अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, केन्द्रीय अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्र, ठकुरी पत्रकार समाजको अध्यक्ष करुणा शाह, मधेशी पत्रकार समाज बाँकेका अध्यक्ष विनय राज त्रिपाठी, अवधी पत्रकार संघ बाँकेको उपाध्यक्ष नन्दलाल साहू लगायत अहोरात्र समाचार संकलनका लागि खटिने पत्रकारहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै के.सी.ले समाचार संकलनका लागि फिल्डमा खटिरहेका २० जना पत्रकारहरुको बिमा गरिदिनका लागी प्रतिबद्धता ब्यक्त गरेका छन र उक्त २० जना पत्रकारको नामावली छनौट गर्नका लागि प्रेस यूनियन बाँकेलाई जिम्मेवारी दिएका छन । यसै गरि कार्यक्रम सभापति कोईरालाले पनि बाँके यूनियन संग समन्वय गरी सक्दो सहयोग गर्नुका साथै समस्यामा परेका पत्रकारहरुलाई बिशेष सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेपाली काँग्रेस पार्टी बाँकेका सचिव शर्माले पनि पार्टीको तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्ने बताउनु भएको छ ।
उक्त कार्यक्रमको अध्यक्ष ओली नेपाल प्रेस यूनियन बाँकेले समाचार संकलनका लागि खटिने पत्रकारहरुको बिमा र राहत उपलब्ध गराउनका लागि आफू सहयोग जुटाई रहेको कुरा बताउंदै समस्यामा परेका पत्रकारहरुलाई राहत स्वरुप सहयोग गर्ने र सो सहयोग गुप्त राख्ने जानकारी गराउंदै कार्यक्रमको समापन गर्नु भयो ।



