२१ बैशाख २०८३, सोमबार

धानको मूल्य दुई हजार ८ सय ८५

एसीपी संवाददाता

५ असार २०७७, शुक्रबार १६:४३ मा प्रकाशित

सरकारले रोपाईं हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलोपटक रोपाईं सुरु हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेको हो ।

मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको समर्थन मूल्य दुई हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x