१ श्रावण २०८३, शुक्रबार
तीन महिना यार्सा सङ्कलन, वर्षभरि बालबालिकाको पढाइ

यार्सा सङ्कलन गर्न बन्द गरिए पनि लुकीछिपी यार्सा सङ्कलन गर्न लेक जानेहरुको क्रम बढ्दै गएको छ ।
बझाङको सुर्मा गाउँपालिका, सैपाल गाउँपालिकालगायतका अन्य पालिकाबाट यार्सा सङ्कलन गर्न लेक जानेको क्रम बढेको हो । तीन महिना यार्सा सङ्कलन गरे वर्षभरि बालबालिकाको पढाइ खर्च, दैनिक उपभोग्य वस्तुहरु समेत खरिद गर्ने भएका कारण स्थानीयवासी यार्सा टिप्न जाने गरेको स्थानीय दिनेश बोहोराले बताउनुभयो । मन्त्रिपरिषद्को बैठकको निर्णयले कोरोना महामारीको कारण यार्सा सङ्कलनमा रोक लगाएको थियो ।
Subscribe
Login
0 Comments



