१२ मंसिर २०८०, मंगलवार

अब क्वारेन्टाईनको ब्यवस्थापनको जिम्मा सेना ले लिनु पर्दछ !

एसीपी संवाददाता

१६ जेष्ठ २०७७, शुक्रबार १७:२८ मा प्रकाशित

अधिवक्ताः राम कुमार दीक्षित

के हो त क्वारेन्टाईन ?

(क) क्वारेन्टाईन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका ब्यक्तिलाई वाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ (चौध) दिन सम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ ।

(ख)सम्भावित जोखिम भएका ब्यक्ति भन्नाले कोभिड–१९ रोग फैलिएको देशबाट आएका वा सो देशबाट ट्रान्जिट भई आएका ब्यक्ति वा सतह मार्गबाट आएका ब्यक्ति, कोभिड–१९ रोग लागेका ब्यक्तिसंग सम्पर्कमा आएका ब्यक्ति, कोभिड–१९ रोग लागेका ब्यक्तिलाई हेरचाह वा उपचार गरेका ब्यक्ति र कोरोना संक्रमितसंग कुनै प्रकारले सम्पर्कमा आएका ब्यक्ति सम्झनु पर्छ ।

बिदेशबाट नेपाल भित्रिने नेपालीहरुको संख्या संगै कोरोना भाईरस (कोभिड–१९) का संक्रमितहरुको संख्या दिन दुना रात चौगुनाको दरले बढीरहेको सर्बबिदित नै छ । नेपाल भित्रिने संख्या संगै क्वारेन्टाईनको संख्यामा पनि बृद्धि भईरहेको छ । पहिले नै रहेका क्वारेन्टाईनको अवस्था दयनीय रहेको, स्थानिय तहले ब्यवस्थापन गर्न नसकेको अवस्थामा हाल थप हुँदै गईरहेको क्वारेन्टाईनको अवस्था झन भयावह हुनेमा कुनै बिवाद छैन । क्वारेन्टाईनहरुलाई गाईड लाईन मा लेखिए अनुसार ब्यवस्थित गर्न त परै जाओस् मानव लाई आवश्यक पर्ने आधारभूत आवश्यक्ता समेत पूरा गरिएको छैन । क्वारेटाईन मा स्वस्थ्य खाना, शुद्ध पिउने पानीको ब्यवस्था छैन । सब भन्दा महत्वपूर्ण नभई नहुने शौचालयको ब्यवस्था छैन, क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरु खुला मैदान, खेतलाई शौचालयको रुपमा प्रयोग गर्दै आएको अवस्था छ । बिजुलीको ब्यवस्था छैन । ४० देखि ४५ डिग्री तापक्रममा टीनको छाना मुनी एउटै कोठामा ४० देखि ६०/७० जना सम्म बस्न बाध्य छन कोरोनाको आशंका गरिएका ब्यक्तिहरु । क्वारेन्टाईनको अवस्था यति दयनीय छ कि मानौ कुनै सजाय भोग्दैछन क्वारेन्टाईन गरिएका ब्यक्तिहरु ।

क्वारेन्टाईनको सुरक्षाको अवस्था झन दयनीय छ । क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरु क्वारेन्टाईनको ब्यवस्थापन फितलो भएकोले झनै कष्टकर जीवन ब्यतित गर्दै आएको र क्वारेन्टाईन ब्यवस्थापनको लागि स्थानिय तह प्रशिक्षित नभएको हुनाले क्वारेन्टाईन भएका हरु मन लागे बस्ने र मन लागे जाने गरेको पाईएको, भागेर जाने गरेको र क्वारेन्टाईन ब्यवस्थापन गरिरहेका ब्यक्तिहरु नै क्वारेन्टाईन भएकालाई अवधि पूरा नहुंदै, रिर्पोट न आउंदै घर पठाउने गरेको, एक जना सुरक्षाकर्मीको भरमा क्वारेन्टाईनको सुरक्षा गर्ने गरिएको कारणले क्वारेन्टाईनहरु Torture Center को अतिरिक्त कोरोना भाईरस (कोभिड–१९) उत्पादन केन्द्र मा समेत परिणत हुने आशंका रहेको छ । क्वारेन्टाईन ब्यवस्थापन फितलो भएको कारणले क्वारेन्टाईन सुरक्षाको लागि खटिने सुरक्षाकर्मी र ब्यवस्थापनमा रहेका जनप्रतिनिधीमा समेत कोरोना भाईरस सरेको पाईएको हुनाले समेत क्वारेन्टाईनको ब्यवस्थापन सन्तोषजनक नभएको समेत पुष्टि भएको छ ।

कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा ब्यवस्थापन मापदण्ड–२०७६ को दफा ७ ले बास स्थान तथा बन्दोबस्तीको ब्यवस्थापन निम्नानुसार नेपाली सेनाले गर्ने भनिएको छ ।

१) क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि खानपिन (अनुसुची १ बमोजिम) सहितको बास स्थान एवं क्वारेन्टाईन भित्रको बन्दोबस्ती नेपाली सेना वा नेपाली सेनाले तोकेको सुरक्षा निकायको जिम्ममा रहनेछ । उक्त अनुसुची बमोजिम बिहान ७ः३० बजे देखि ८ बजे सम्म चिया खाजा, बिहान ११ः३० बजे देखि दिउसो १२ बजे सम्म दिवा खाना, दिउसो २ः३० बजे देखि ३ बजे सम्म खाजा र साँझ ७ः३० बजे देखि ८ बजे सम्म रात्री खानाको ब्यवस्था गर्न भनिएको छ ।

 (१) स्वस्थ्य खाना र शुद्ध पिउने पानीको ब्यवस्था गर्ने र (२) बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीहरुलाई आवश्यकतानुसारको खाना को ब्यवस्था गर्ने ।

यसै गरी कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाईन सञ्चालन र ब्यवस्थापन सम्बन्धी मापदण्डको दफा ८ ले क्वारेन्टाईनको सुरक्षा ब्यवस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारीहरु संयुक्त कार्ययोजना अनुरुप निम्नानुसार कार्य गर्ने भनी मापदण्डमा उल्लेख गरिएको छ । ( १) क्वारेन्टाईन स्थलको २४ सै घण्टा सुरक्षा ब्यवस्थाको लागि स्थान बिशेषको आवश्यकतानुसार छुट्टै सुरक्षाकर्मी तयार गरी आवश्यक प्रशिक्षण तथा स्वास्थ्य उपकरण सहित खटाउने, ( २) क्वारेन्टाईनमा लैजानु पर्ने ब्यक्तिहरुको यातायातको स्कर्टिङ्गको लागि छुट्टै टोली र सवारी साधनको ब्यवस्था गर्ने, ( ३) क्वारेन्टाईनमा सम्भव भएसम्म C.C.T.V. जडान गरी कन्ट्रोल रुममा C.C.T.V., Monitor, Teliphon, Intercom, P.A. System, Alarm System, Fire, Extinguisher समेतको ब्यवस्था गर्नु पर्ने, (४) सुरक्षा स्थितीलाई मध्यनजर गरि आवश्यकतानुसार अन्य थप सुरक्षा ब्यवस्था गर्नु पर्ने, (५) Access Control को लागि संभव भए सम्म Infrared Gun को ब्यवस्था गर्नुपर्ने, (६) सुरक्षाकर्मीको खानपिन र ब्यारेकको ब्यवस्था छुट्टै हुनुपर्ने, (७) क्वारेन्टाईन सुरक्षा ब्यवस्थाको लागि नेपाली सेना, नेपाल प्रहरी, शस्सत्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारीहरु संयुक्त कार्ययोजना अनुरुप परिचालन हुने ।

क्वारेन्टाईन ब्यवस्थापनको जिम्मा स्थानीय तहको हुंदै होइन । सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ब्यवस्थापन समिति रहने र सम्बन्धित वडा अध्यक्ष उक्त ब्यवस्थापन समितिमा सदस्य रहने ब्यवस्था मापदण्डको दफा १२ (१) (ग) ले गरेको छ । सम्बन्धित पालिका प्रमुख संयोजक रहने गरी अनुगमन समिति रहेको छ । पालिका प्रमुखले अनुगमन मात्रै गर्ने हो । अनुगमन गरी कमी कमजोरी भए सुधार गर्ने तर्फ कार्य गर्ने हो तर यसको ठीक उल्टो सबै जिम्मेवारी आफ्नै भएको ठानी पालिका प्रमुख ले ब्यवस्थापन को कार्य गर्दै आएको हुनाले क्वारेन्टाईन Torture Center मा परिणत भएका हुन ।

क्वारेन्टाईनको सञ्चालन तथा ब्यवस्थापन निमित्त आवश्यक पर्ने रकम कोरोना भाईरस संक्रमण, रोकथाम तथा उपचार कोषबाट ब्यहोरिने छ, भनि क्वारेन्टाईन सञ्चालन मापदण्डको दफा ११ ले भनेको छ भने उपदफा (२) ले क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुलाई प्रतिदिन प्रति ब्यक्ति क्वारेन्टाईन रहेको जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित राशन दररेट बमोजिमको खाना खाजा खर्च उपलब्ध गराईनेछ, भनेको छ र उपदफा (३) ले क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई उपलब्ध गराईने खाजा खाना सुरक्षा निकायबाट ब्यवस्थापन गरिनेछ, भनी कानूनी दायित्व श्रृजना गरेको छ तर उक्त कोषबाट रकम उपलब्ध नगराईए को भनी पालिका हरु ले गुनासो गर्दै आएका हुन । जब पालिकाहरुको ब्यवस्थापन गर्ने दायित्व नै होईन भने कोरोना नियंत्रण कोषबाट पालिका लाई रकम उपलब्ध गराउन नै मिल्दैन । त्यसै कारणले क्वारेन्टाईनहरुको अवस्था दयनीय रहेको छ । क्वारेन्टाईनमा मानवता खोजेर पनि पाईदैन । कोरोना भाईरस को महामारीको अवस्थामा पनि ब्यवस्थापन को जिम्मा पाएका सहायक प्रमुख जिल्ला अधिकारी सहित सम्बन्धित ब्यक्ति तथा निकायहरुले चरम लापरवाही गर्दै आएका छन् ।

हाल सम्म मापदण्डले तोकेको ब्यवस्थापन समिति, अनुगमन समिति लगायतका कुनै पनि समिति नै गठन नगरिएको ले मापदण्ड अनुरुप कार्य नभएको र guideline मा उल्लेख भएनुसार सेना ले पनि आफ्नो दायित्व पूरा नगरेको कारणले क्वारेन्टाईन ब्यवस्थापनमा कठिनाई देखिएको र क्वारेन्टाईन भएकाहरु सजाय भोग्न बाध्य भएका छन । यस कारण मापदण्ड अनुरुप आफ्नो दायित्व पूरा गरी तत्काल नेपाली सेनाले आफ्नो जिम्मेवारी लिई क्वारेन्टाईमा बन्दोबस्ती र सुरक्षा को महत्वपूर्ण दायित्व पूरा गरी क्वारेन्टाईन मा बस्ने ब्यक्ति खटिने सुरक्षाकर्मी,स्वास्थ्यकर्मी समेत को सुरक्षा गरी सम्मान पूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गराउन समेत आवश्यक रहेको छ । सबैको कल्याण होस् । शुभ-रात्री !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x