२१ बैशाख २०८३, सोमबार

माइती नेपालको एक छाक खाना अभियान !

एसीपी संवाददाता

१८ असार २०७७, बिहीबार ०९:३९ मा प्रकाशित

चन्द्रेश्वरराज त्रिपाठी
बाँके, असार १८ । माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलबारदेखि बिहानको एक छाक खाना अभियान शुरु गरेको हो ।

लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई भोक मेटाउन कठिन भएको छ । बर्तमान अवस्थामा बजार, व्यवसाय संचालन भए पनि गरिब बिपन्न परिवारलाई जीवन निर्वाह गर्न गाह्रो भइरहेको छ ।

यस्तो समस्यामा परेका परिवार, व्यक्तिका लागि एक छाक खाना अभियान संचालन गरेको माइती नेपालका संयोजक केशव कोईरालाले जानकारी दिए । ‘पहिला कै जस्तै पूर्णरुपमा सबैको जीवनचर्या फर्किसकेको छैन । यो समय अन्य कुरामा पनि गरिब बिपन्न परिवारलाई गाह्रो भएको छ ।’ संयोजक कोइरालाले भने, ‘यस अवस्थामा बाँच्नका लागि चाहिने खानाको जोहो गर्न समेत कठिन भएकाले बिहानको एक छाक खाना अभियान संचालन गरेका हौं ।

यो अभियान जिल्लाको बिभिन्न क्षेत्रमा संचालन गरिनेछ । यसमा खासगरी महिला तथा बालबालिकालाई बिहानको एक छाना खाना दिने गरिएको छ । माइती नेपाल, यूएन हुमेनको सहयोग र स्थानीय सरकारको सहकार्यमा सामुदायिक भान्छाद्वारा तयार गरिएको पौष्टिक खाना बितरण थालिएको संस्थाले जनाएको छ । एक छाक खाना अभियानमा दैनिक दुई सय ५० जनालाई खाना खुवाइने संयोजक कोइरालाले बताए ।

उनका अनुसार बाँकेका करिब १४ हजार बढी महिला तथा बालबालिकाहरुलाई खाना खुवाइनेछ । अभियानको पहिलो दिन मंगलबार नेपालगन्जका तीन स्थानमा खाना बितरण गरिएको छ । मंगलबार बिहान नेपालगन्ज क्वारेन्टिनमा ६० जना, वडा नं १२ बेलासपुरमा एक सय ८५ जना र निल सागर बृद्धाश्रममा ८५ जनालाई गरी तीन सय ३० जनालाई खाना उपलब्ध गराइएको छ ।

त्यसैगरी बुधबार नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसमा क्वारेन्टाईन रहेका ३५ जना, निल सागर बृद्धाश्रम ८५ जना, वार्ड नं. १२ को नयाँ बस्तीमा १ सय ५२ जना गरी जम्मा २ सय ७२ जना र बिहिवार नेपालगञ्ज क्वोरन्टाईनका ३४ जना, नील सागर बृद्धाश्रमका ८५ जना यसै गरी बेलासपुरका १०१ जना गरीब असहायहरु गरी २२० जनालाई एक छाक खाना खुवाइएको संयोजक कोइरालाले बताए छन ।

संयोजक कोइरालाका अनुसार यो अभियान ५६ दिन सम्म निरन्तर जारी रहनेछ भने हामीले स्थान परिवर्तन गरी आवश्यकता भएको स्थानमा खाना खुवाउने अभियान (बाँकी ४ पृष्टमा) सञ्चालन गरिने छौ । यस एक छाक खाना अभियानमा सामुदायिक भान्छा घरका ५ जना महिला सहित अन्य सहयोगीहरुको खाना पकाउनमा सहयोग रहेको संयोजक कोइरालाले बताए । खाना बितरण कार्यक्रममा नेपालगन्ज उपमहानगर पालिकाका जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x