२१ बैशाख २०८३, सोमबार
शिक्षक तथा कर्मचारीलाई राहत

नन्दलाल साहू,
बाँके, असार १८ । नेपालगन्जमा रहेको श्रीचन्द्रमेवालाल हाई स्कुलमा अति विपन्न कर्मचारी तथा शिक्षक गरि १२ जनालाई खाद्यान्न दिइएको छ ।

संस्थागत विद्यालय शिक्षक संघले दुई हजार बराबरको खाद्यान्नमा चामल,दाल,तेल र नुन रहेको सचिव महेन्द्र शर्माले बताएका छ्न । संस्थागत विद्यालयमा कार्यरत हाल अति विपन्न १२ जनामा तीनजना महिला रहेका छ्न । कर्मचारी तथा शिक्षक शिक्षिकालाई आज कार्यक्रम बीच दुई हजार बराबरको खाद्यान्न राहत सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष गम बहादुर डागरले बताउनुभयो ।
Subscribe
Login
0 Comments



