मन्दिरको जग्गा आफ्नो नाममा, अनि भए दानी हरीशचन्द्र !

विनय त्रिपाठी
बाँके, असार १८ । नेपालगञ्ज–९ हाल वा.नं.७ अन्तर्गत स्थित लोक भक्तेश्वर महादेव सिद्धम कठमहल मन्दिर रानी तलाउको नाममा रहेको उदयपुर गा.बि.स.अन्तर्गतको जग्गालाई आफ्नो नाममा नामसारी गराई स्कूल लगायतलाई दान दिएको भेटिएको छ ।
आफनो नाममा नामसारी गराई निजले ०–९–१० जग्गामा रहेको मन्दिर मध्ये आधी जग्गा स्व.मनोहर लाल बनियाले कब्जा गरी सो मा आफनो बाबुको नामबाट मन्दिर कै प्रांगडमा २०४० सालमा श्रीचन्द्र मेवालाल माण्टेशरी हाल हायर सेकेन्ड्री स्कूल स्थापना समेत गरेको र पछि उदयपुरको जग्गा उक्त स्कूललाई दान गरेका थिए । यसरी मन्दिरको सम्पत्ती दान गरी दानी भएको ।

लोक भक्तेश्वर महादेव सिद्धम कठमहल मन्दिर रानी तलाउ, बाँके सम्बत् १८०४ बि.सं.१८६१ मा स्थापित ऐतिहासिक मन्दिर हो । मन्दिरको स्थापना कालमा महन्थ धीरज मुनि थिए । धीरज मुनिको मृत्यू उपरान्त बिभिन्न महन्थहरु मन्दिर एवं सो को सम्पत्तीको देखरेख एवं संरक्षण गरी आएकोमा २०२२ सालमा भूमि सम्बन्धी ऐन लागु हुंदा यस मन्दिरको महन्थ अरबिन्द मुनि थिए । अरबिन्द मुनिले संरक्षण गरी आएको मन्दिरको सम्पत्ती निजको स्वास्थ्य खराब भएकोले नेपालगञ्ज निवासी स्व.मेवालाल बनियाले मन्दिरको सम्पत्ती आफनो नाममा दर्ता गराएका थिए ।
निज स्व.मेवालाल बनियाको २०२९ सालमा निधन पछि २०३७ सालमा निजको छोरा स्व.मनोहर लाल बनियाले आफनो नाममा नामसारी गराई निजले ०–९–१० जग्गामा रहेको मन्दिर मध्ये आधी जग्गा स्व.मनोहर लाल बनियाले कब्जा गरी सो मा आफनो बाबुको नामबाट मन्दिर कै प्रांगडमा २०४० सालमा श्रीचन्द्र मेवालाल माण्टेशरी हाल हायर सेकेन्ड्री स्कूल स्थापना समेत गरेको र पछि उदयपुरको जग्गा उक्त स्कूललाई दान गरेका थिए । यसरी मन्दिरको सम्पत्ती दान गरी दानी भएको प्रमाणले देखाएको छ ।

मन्दिरका तत्कालीन संरक्षक धीरज मुनी उदासीन बाबाले तत्कालीन श्री ३ कर्नलचीफ मन्त्रीबाट दानमा पाउनु भएको उदासीन अखाडा भएको मन्दिर हो । उक्त मन्दिरको संरक्षक पहिला महन्त धीरज मुनी, उहाँको निधन पश्चात महन्त बालक दास महराज त्यस पछि महन्त अरबिन्द दास महराज, उहाँको पनि स्वर्गवास पश्चात महन्त गंगादास महराज हुनु हुन्छ । क्रमशः (अष्टधातुको अर्को घण्टा खोई ?)



