१३ जेष्ठ २०८३, बुधबार

दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम सुरु

एसीपी संवाददाता

२२ असार २०७७, सोमबार १५:१२ मा प्रकाशित

कोरोना भाइरस कोभिड – १९ को जोखिमका कारण रोकिएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि सुरु भएको छ । आज र भोलि देशभर सञ्चालन हुने राष्ट्रिय भिटामिन कार्यक्रममा ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको हो। बाँकेमा करिव एक लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले स्थानीय तहहरूमा कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहने उपायहरु अवलम्बन गर्दै स्वास्थ्य केन्द्रहरुबाट भिटामिन ए कार्यक्रम सञ्चालन भएको बताउनुभयो । अहिलेको विषम परिस्थितिमा भिटामिन ए कार्यक्रम छुटाउनै नहुने भन्दै उहाँले मास्क लगाई, सामाजिक दुरी कायम राखी नजिकैका स्वास्थ्य केन्द्र तथा यसअघि कार्तिकमा सञ्चालन भएका बुथहरुमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए, जुकाको औषधि खुवाउन तथा बालभिटा लिन अभिभावकहरुलाई आग्रह गर्नुभयो । दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण स्थगित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x