२१ बैशाख २०८३, सोमबार

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुको काठमाडौंमा प्रदर्शन

एसीपी संवाददाता

६ असार २०७७, शनिबार १३:१७ मा प्रकाशित

फाइल / तस्बिर

कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । बिभिन्न प्लेकार्ड देखाउदै उनीहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन् । उनीहरु सरकारले कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका थिए । उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्च हिसाब पारदर्शी बनाउँनुपर्ने, क्वारेन्टिनहरु सुरक्षित बनाउँनुपर्ने लगायत माग राखेका छन । सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x