२१ कार्तिक २०८३, शुक्रबार

अक्षय कुमारको फिल्म ‘बेलबटम’ले प्रदर्शनको चौथो दिन

एसीपी संवाददाता

८ भाद्र २०७८, मंगलवार ०१:३८ मा प्रकाशित

काठमाडौँ — अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ले प्रदर्शनको चौथो दिनमा १२.६५ करोड भारु कमाएको छ । कोभिड महामारीपछि पहिलो पटक हलमा प्रदर्शनमा आएको फिल्मले आइतबार मात्रै ४.३० करोड रकम आम्दानी गरेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।  

अगस्ट १९ मा प्रदर्शनमा आएको फिल्मले दोस्रो दिनमा मात्र ३ करोडको व्यापार गरेको थियो । रक्षाबन्धनका दिन भने फिल्मको आम्दानी ३३ प्रतिशतले बढेको बताइएको छ । बिहीबार फिल्मले २.७५ करोड र शुक्रबार २.७५ करोड कमाएको थियो । शनिबार भने फिल्मले ३.२५ करोड कलेक्सन गर्‍यो ।

महामारीबीच नै प्रदर्शनमा आएको ‘रुही’को कमाइलाई ‘बेलबटम’ले उछिनेको छ । जान्वी कपुर र राजकुमार राव अभिनित फिल्मको पहिलो हप्ताको व्यापार १२.५८ करोड थियो ।

मुम्बई र पुनेका कति हलहरु अझै खुल्न सकेका छैनन् । यी हलहरुले फिल्मको व्यापारमा असर पारेको छ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार अक्षयको फिल्मले उत्तर प्रदेश र गुजरातमा अपेक्षित व्यापार गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x