२० कार्तिक २०८३, बिहीबार

अघोषित नाकाबन्दीकै कारण नेपाली व्यापारीहरुको करोडौंको घाटा

एसीपी संवाददाता

९ माघ २०७८, आईतवार ०२:०९ मा प्रकाशित

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको चीनले नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्न सक्ने संकेत गरेको छ । विगत २ वर्षयतादेखि चीनले नेपाली सीमामा अघोषित नाकाबन्दी लगाएको छ ।

अघोषित नाकाबन्दीकै कारण नेपाली व्यापारीहरुले करोडौंको घाटा व्यहोरेका छन्, भने देशलाई नै ठूलो आर्थिक ठेस लागेको  छ ।

खास गरी चीनबाट सामान खरिद गरिसकेपछि नाकासम्म आइपुग्दा ती कन्टेनरहरुलाई चीनले नेपाल प्रवेश गर्न दिने गरेको छैन् । यो समस्याले चीनमा नेपाली व्यापारीहरुले सामान खरिद गरिसकेको हुन्छ तर, उक्त सामान नेपाल प्रवेश गर्न भने चीनले रोक लगाइदिन्छ ।

यसो हुँदा चीनलाई कुनै घाटा भने हुँदैन तर, नेपाललाई भने ठूलो घाटा हुने देखिन्छ । नेपाल र चीनबीच रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका स्थलमार्ग भएर सबैभन्दा धेरै ब्यापार हुने गरेको छ ।

तर, यहाँका सीमामा चीनतर्फ हजारौं कन्टेनरहरु लाइनमा छन् । ती कन्टेनरहरुलाई नेपाल छिर्नमा चीनले अनेकौं बाधा सिर्जना गर्दै आएको छ ।

यसरी चिनियाँ अघोषित नाकाबन्दी विरुद्ध सरकारी उच्च स्तरय संयन्त्र परराष्ट्र मन्त्रालयबाटै समेत परिपत्र भए पनि चीनले कुनै पहल नचालेको आरोप छ ।

चीनले गरिरहेको यस किसिमको अघोषित नाकाबन्दीविरुद्ध नेपालमा निरन्तर प्रदर्शन समेत भइरहेका छन् । तर, पनि चीनले आफ्नो कुख्यातीलाई निरन्तरता दिएको आरोप छ ।

नेपाल स्थित चिनियाँ राजदुतावासले समेत यस बिषयमा कुनै पहल नचालेको व्यापारीहरुको आरोप छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x