१७ बैशाख २०८३, बिहीबार
अत्याधिक चिसो बढेको कारण बिद्यालय बन्द
अत्याधिक चिसो बढेका कारण नेपालगञ्जका बिद्यालयहरुमा नगर शिक्षा समितिले विदा दिने निर्णय गरेको छ । समितीले आज १५ गते देखि पुस १८ गते सम्म बिद्यालय बिदा गर्ने निर्णय गरेको हो ।

यस्तै डुडुवा गाउँपालिकाका सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द भएका छन् । पुस महिनामा अत्याधिक चिसोका कारण वालबालिकाहरुलाई पठन पाठनमा समस्या आएकोले गाउँपालिकाले बन्द गर्ने निर्णय गरेको हो।गाउँपालिकाको शिक्षा शाखाले आज १५ देखि पुस १८ गते सम्म गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु ५ दिनका लागि बन्द गरिएको सुचना जारी गरेको छ।
Subscribe
Login
0 Comments



