अफिमको कारोबारमा संलग्न प्रहरीको फन्दामा

लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जना बाँके प्रहरीको फन्दामा परेका छन । दाङबाट कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको राप्तीसोनारी १ कुशुम बजारमा हिडिरहेका रुकुम (पुर्व) उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १० पोका अफिम बरामद गरीएको प्रहरीले जनाएको छ ।
दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टिमले कुशुम बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।
१० किलो अफिम सहित २ जना पक्राउ
घटना बिबरण:-
आज मिति २०७७।०५।२९ गते केही मानिसहरुले दाङ बाट लागु औषध अफिम बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिका १ कुशुम नाका हुदै बाँके जिल्लामा ल्याउन लागेको भन्ने सुचनाको आधारमा यस कार्यालय बाट खटिएको प्र.नि.समेतको विशेष टोलीले ऐ.०६:३० बजेको समयमा जिल्ला बाँके राप्तीसोनारी गा.पा.वडा नं. १ कुशुम बजार स्थित सडक बाटोमा शंकास्पद हिडिरहेका जिल्ला रुकुम (पुर्व) पुथा उत्तरगंगा गा.पा.वडा नं. ८ वस्ने धन बहादर सेन र जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १९ वस्ने वसन्त घर्ति मगर लाई चेकजाँच गर्ने क्रममा निज धन बहादुर सेनले बोकेकोThe Nerth Faceलेखेको झोलाभित्रप्लाष्टिकपोकाबनाईराखेकोअफिमजस्तोदेखिनेपदार्थ१०पोकातौलगर्दा१०किलोग्रामफेलापारीनियन्त्रणमा लिएको ।
पक्राउ मानिस :
नामथर : धन बहादुर सेन
उमे : ५३ वर्ष
ठेगाना : जिल्ला रुकुम (पुर्व) पुथा उत्तगंगा गा.पा.वडा नं. ८
नामथर : वसन्त घर्ति मगर
उपनाम : निशान घर्ति
उमे : २४ वर्ष
ठेगाना : जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १९
बरामद सामान :
कानुनी सजाँय :-
लागु औषध नियनन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना हुन सक्ने ।



