१९ कार्तिक २०८३, बुधबार

अर्जुन शक्ति केन्द्रको आयोजनामा नेपालगञ्जमा भव्य शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम हुने

एसीपी संवाददाता

१९ कार्तिक २०८३, बुधबार २२:१९ मा प्रकाशित

नेपालगञ्ज, कार्तिक २१ — नेपालगञ्ज–७, रानीतलाउ नजिकै अवस्थित श्री चन्द्र मेवालाल माध्यमिक विद्यालयको प्राङ्गणमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ।

अर्जुन शक्ति केन्द्र, नेपालगञ्ज बाँके को आयोजनामा आगामी २०८३ कार्तिक २१ गते शनिबार का दिन दिउँसो १२:०० बजेदेखि उक्त कार्यक्रम सुरु हुनेछ।नेपालीहरूको महान् पर्व विजयादशमी (दशैँ), शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा शुभचिन्तकहरूबीच आपसी भ्रातृत्व र शुभकामना साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै शुभकामना आदानप्रदान समेत गरिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाइदिनुहुन सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, अग्रज व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय जनसमुदायमा आयोजक अर्जुन शक्ति केन्द्रले हार्दिक निमन्त्रणा एवं अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x