आफ्नो तलब भत्ता समाजिक कार्यामा खर्च गर्छु वैश्य
बाँके, बैशाख २२ गते । नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा
पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने
प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो
नक्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदाको उम्मेदारी
जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले
आफुलाइृ कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्य आज
दिनभरी वडाको टोल टोलमा गएर कोण् सभा गर्दै जनता सँग भेट गरेका
थिए । कोण सभाकै क्रममो नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १५
मा कोण सभा गर्दै जनताहरुलाई भेट घाट गरे र नेपालगन्ज बजार क्षेत्रमा
करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले
अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनीले नगरपालिकाको
मयर पदमा जित्न सफल भए भने वडा नंं १५ मा ईदगाह र सम्सान घाट
समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरे ।
उनी सँगै प्रचार प्रसारमा हिडेका राप्रपाका महामन्त्री तथा नेपालगन्ज
उपमहानगरपालिकाका पुर्व निवर्तमान मेयर धवल शम्शेर राणाले मेयरका
उम्मेदवार मध्य नन्दलाल वैश्य उत्तम रहेको बताए । उने नेपाली
काँग्रेसका प्रशान्त विष्ट र नेकपा एमालेका पशुपति मिश्रा मध्य नन्दलाल नै
नेपालगन्जको विकासका लागि कुशल व्यत्रिः रहेको बताए । उनी आफुले
५ बर्षमा विकास गर्न नसकेको र बाँकी रहेको विकास नन्दलाल जितेविकास
गर्ने प्रतिबद्धता समेत गरे ।


